नयाँ पदमार्ग : मुक्तिनाथ देखि तिलोचो ताल सम्म (फोटो फिचर)

वरी परी हिमाल विचमा ताल । हेर्दा लाग्यो म त स्वर्गम नै छु कि जस्तो । मुक्तिनाथ घर भएका कारण विहान उठन वितिक हिमाल नै हेरेर मेरो दैनिकी चल्ने गर्दछ ।
तर तिलोचो ताल अर्थात विश्वको सबै भन्दा उच्च स्थानमा रहेको ताल पुग्दा लाग्यो म त पहिलो पटक हिमाल देखे जस्तो । अझ वरीपरी हिमालको बिचमा ताल, जुन तालको सुन्दरता देख्दा लाग्यो स्वर्ग भनेको यस्तै हुन्छ होला ।

सुरज गुरुङ्ग

समुन्द्री सतहबाट ४ हजार ९ सय १९ मिटर उचाइृमा रहेको यो तालकोे लम्बाई ८ किलोमिटर रहेको छ भने चौडा १.२ किलोमिटर रहेको छ ।
मुक्तिनाथ बाट तिलोचो ताल पुग्न दुईदिन लाग्दछ तर पदयात्राका हिसाबल हिड्ने हो करीब २ दिन लाग्दछ । तर फर्कदा १ दिन सहजै फर्कन सकिन्छ ।

जादा उकालो भएका कारण लेक लाग्ने सम्भावना प्रवल हुन्छ । त्यही कारणले विस्तारै विस्तारै जानु राम्रो हो ।
यो पदामार्ग अहिले सम्म ब्यबसायीक रुपले चलेको छैन । तर स्थानियहरु भने आवतजावत गर्ने गर्दछन ।

पदमार्गको केही स्थानमा चौडा गर्नु पर्ने जरुरी रहेको छ भने यो पदामार्ग जादा खाना र बासको ब्यबस्थापन आफै गर्नु पर्ने हुन्छ ।
यो रुट नयाँ हो ।

नयाँ पदमार्ग भएका कारण सहज त हुन सक्दैन तर यसलाई बयबस्थाीत गर्न सकियो भने मुक्तिनाथ आउने पर्यटकहरुलाई नयाँ पदमार्गको समेत स्वाद लिन सक्नेछन् । यो पदमार्ग मुक्तिनाथबाट तिलोचो हुदै मनाड निस्कन पनी सकिन्छ ।


Facebook Comment


No ads found for this position