धार्मिक पर्यटन सहयोग गर्ने भारतीय गुगल ब्वाइको चाहना

काठमाडौँ : भारतका गुगल ब्वाइ भनेर चिनिएका कौटिल्य पण्डितले नेपालमा धार्मिक पर्यटन क्षेत्रको पर्याप्त सम्भावना रहेकाले त्यस क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपालको धार्मिक पर्यटन अभिवृद्धि गर्ने उद्देश्यले बिहीबार काठमाडौँ आएका पण्डितले प्राचीन सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए।

विश्व परिवेशमा विकास भएका प्रविधि, आणविक हतियार तथा आतङ्कवादले अहिले अन्तर्राष्ट्रिय क्षेत्रलाई चुनौती थपेको बताउँदै शान्ति कायम गर्न नैतिक शिक्षाको खाँचो रहेको उनको भनाइ छ।

आइल्यान्ड इन्र्टटेनमेन्ट प्रालिले पण्डितको नेपाल भ्रमणलाई संयोजन गरेको छ । यसअघि उनले पशुपतिनाथको मन्दिरमा दर्शन तथा पूजा गरेको कार्यक्रमका संयोजक सुदर्शन शर्माले जानकारी दिए । हरियाणामा जन्मिएका नौ वर्षीय पण्डितले अङ्ग्रेजी भाषामा अन्तक्र्रिया गरेका थिए ।


Facebook Comment


No ads found for this position