देउवा सरकारको सय दिन

सरकारले एकसय दिनका उपलब्धी सार्र्वजनिक गरेको छ । शेरबहादुर देउवाले सरकार नेतृत्व गरेको सय दिन पुगेको अबसरमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकार सम्मेलनमार्फत सरकारका मुख्य उपलब्धी सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री देउवा चुनावी अभियानका क्रममा दुई नम्बर प्रदेशमा रहेकाले दुई उपप्रधानमन्त्रीको उपस्थितिमा मन्त्री बस्नेतले छोटो समयमा सरकारले महत्वपूर्ण उपलब्धी हाँसिल गरेको दावी गरे । संक्रमणकालिन अवस्थाको व्यवस्थापन, सवै तहका निर्वाचनको सुनिश्चितता, राजपा नेपालको चुनावी सहभागिता र भू–कम्पपछिको पुनःनिर्माणमा आएको तीब्रतालाई सरकारले आफ्ना मुख्य उपलब्धीका रुपमा चर्चा गरेको हो । कानून मन्त्रालयले सदाचार नीतिको मस्यौदामा गृहकार्य गरिरहेको र प्रधानमन्त्रीको निर्देशनअनुसार काठमाडौंमा सडक सुधार भइरहेको जनाएका सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले प्रधानमन्त्रीको भारत र उपप्रधानमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणले दुबै छिमेकीसँगको सम्बन्ध थप प्रगाढ बनाएको दावी पनि गरे ।।

 


Facebook Comment


No ads found for this position