देउवालाई सबैतिरबाट धम्की !

२४ साउन, काठमाडौं । सबैभन्दा बढी हिस्सा लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको नेपाली कांग्रेसमा मन्त्री विषयलाई लिएर विवाद सुरु भएको छ ।

sher bahadur deawaसभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरी सरकारमा पठाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र प्रभावशाली नेता खुमबहादुर खड्काले आपत्ति जनाएपछि समस्या आएको  छ ।
पार्टीभित्र विवाद बढ्दै गएकै कारण पौडेल र सिटौंला पक्षधरले सभापतिविरुद्ध छुट्टै भेला गरेको छ ।

खड्काले पनि देउवाले महाधिवेशनअघिको सहमति तोडेको र मन्त्री चयनमा पनि एकलौटी गरेको भन्दै खुलेर प्रतिवाद गर्न थालेका छन् ।सभापति देउवा समूहकै नेता अर्जुननरसिंह केसीले समेत सरकारमा नजाने घोषणा गरेका छन् ।पार्टीको तर्फबाट वरिष्ठताका आधारमा सरकारको नेतृत्व वा गृह मन्त्रालय पाउनुपर्ने माग गरेका केसीलाई दुवै नदिएइपछि रुष्ट बनेका हुन् ।


Facebook Comment


No ads found for this position