दुई सय ६९ प्रहरी कारबाहीमा

दाङ, ६ साउन । आर्थिक वर्ष २०७२÷७३मा राप्तीका पाँच जिल्लामा कार्यरत प्रहरी अधिकृतदेखि जवानसम्म गरी २५० बढी कारबाहीमा परेका छन् ।

nepal policeअञ्चल प्रहरी कार्यालय राप्तीका अनुसार एक वर्षको अवधिमा राप्तीका पाँच जिल्लामा गरी २६९ प्रहरी कारबाहीमा परेका हुन् । अञ्चल प्रहरी कार्यालय राप्तीले विभिन्न जिल्लामा कार्यरत प्रहरीले आचरण विपरीत गतिविधि गरेकाले कारबाही गरेको जनाएको छ ।

अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दले अञ्चलका २६९ प्रहरी आन्तरिक कारबाहीमा परेको र नौ जनालाई जागिरबाटै हटाइएको जानकारी दिनुभयो ।

आचरण र प्रहरी ऐन नियम विपरीत काम गरेका नौ जनालाई जागिरबाटै हटाइएको र अन्यलाई विभिन्न प्रकारका कारबाही गरिएको चन्दले बताउनभुयो । उहाँले नौ जनालाई जागिरबाट निकालिएको, चार जनाको पदोन्नति रोक्का गरेको, नौ जनाको पद घटुवा गरेको, १६२ जनाको ग्रेड रोक्का गरेको र आठ जनालाई चालचलनमा प्रतिकूल राय दिएको पाइएकाले कारबाही गरेको बताउनभुयो ।

त्यस्तो कारबाहीमा दुई जना प्रहरी निरीक्षक पनि परेको बताइएको छ । कारबाहीमा पर्ने अन्यमा सहायक निरीक्षकदेखि तल्लो दर्जाका रहेको चन्दले जानकारी दिनुभयो ।


Facebook Comment


No ads found for this position