दुई दिन देखि उडान नहुँदा यात्रुहरु अलपत्र(फोटो फिचर)

nepaljung airpotनेपालगन्ज देखी हुम्लाको उडान मौसव खराबीका कारण तिन देखी नहुदा मानसरोवर जाने यात्रुहरुले नेपालगन्जमा एयरपोट खचाखच भरीएको छ । दैनि ५ वटा सम्म नेपालगन्ज हुम्ला उडान हुने गरेकोमा आईतबार देखि मौसमा खरावीले उडान नहुदा यात्रुहरुले नेपालगन्ज एयरपोर्ट खचाखच भरीएको हो । यात्रुहको अत्याधिक चाप भएपछी उडान हुन्छ भनी आएका यात्रुहरुलाई विमान स्थलमा बस्ने स्थान समेत अभाव रहेको छ ।

nepaljung airpot स्थान अभाव तथा हवाईजहाज उड्छ कि भनेर कुरेका सडमा सुतिरहेका छन् । नेपागन्ज एयरपोर्टका प्रमुख प्रताव बाबु तिवारी भन्छन् अहिले नेपालगन्ज विमान स्थलमा बिशेष गरी मानसरोबर र डोल्पा जाने पर्यटकहरु रहेको बताए । दैनिक सय जना भन्दा पनी बढी हुम्लाको सिमीकोटमा पर्यटकहरु जाने गरेका थिए । तर विगत दुई दिन देखी मौसम खराबीकारण उडान हुन नस्कदा यात्रुहरुको चाप बढेको बताए ।
पर्यटक तथा यात्रुहरुलाई एयरपोर्टमा उचित ब्यबस्थापन नहुदा पर्यटकहरु जमीनमै बस्न तथा सुत्न बाध्य भएको पर्यटन ब्यबसायी बताउछन् । उनीहरु भन्छन् एयरपोर्टमा पर्यटक तथा यात्रुहरुबाट चर्को शुल्क लिने तर सुविधा भने केही नदिने परिपाटीले पर्यटन क्षेत्रमा नकरात्मक सन्देश गएको बताए । यसै गरी मौसम खराबीकारण आफ्नो कामका शिलसीलामा जन्मथलो जान लागको पर्यटन मन्त्रि जिवन कुमार शाही पनी सुर्खेतमा रोकी रहेका छन् ।

nepaljung airpot


Facebook Comment


No ads found for this position