दाहाललाई बाम गठबन्धनले टानको आगामी निर्वाचनमा अध्यक्षका उम्मेद्वार बनाउने

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल ९टान०को आसन्न निर्वाचनमा नेकपा एमाले र एकीकृत माओवादी निकट व्यवसायीबीच गबन्धन भएको छ । पार्टी नै एकिकरण हुने अवस्थामा रहेकाले दुबै सगठन बिच साझा उमेदवार चयन गरेका हुन् । छलफलका लागि एमालेको तर्फबाट बनेको कार्यदलका सदस्य सिताराम सापकोटाले बैठकले नवराज दाहाललाई अध्यक्ष बनाउने र अन्य पदाधिकारीका विषयमा भोली छलफल हुने बताए । उनले पदको बाँडफाँड र निर्वाचन सम्बन्धि सम्पूर्ण काम गर्ने गरि दुई पक्षका व्यवसायीहरु सम्मिलित नयाँ कार्यदल बनाएको समेत बताए ।

कार्यदलमा एमालेका तर्फबाट चन्द्रप्रसाद रिजाल, राजेन्द्रप्रसाद सापकोटा, नवाङनिमा शेर्पा र माओवादीका तर्फबाट बोधराज भण्डारी तथा नवराज पाण्डे रहेको जानकारी दिए । सापकोटाले नयाँ बनेको कार्यदलले अन्य विभिन्न संगठनसँग वार्ता गरि सर्वसम्मत अध्यक्षसहितको कार्यसमिति चयन गर्न पनि पहल गर्ने बताए ।
नवाराज दाहाललाई समर्थन गर्दा संगठन भित्र देखिएका केही असन्तुष्टि जनाएका थिए तर सगठनको निर्णय नै सबैले पालना गर्नु पर्ने बताउछन एमालेका पर्यटन बिभाग प्रमुख सुर्य थापा । उनी भन्छन सस्थागत विधी र प्रकृयाबाट निर्णय भईसकेका पछी त्यो सगठनको निर्णय र सहमती हो, यो कसैको निजी मामीला र पदयी आकाक्षाको तृष्टीकरण होईन । । उनले भने राष्ट्रिय राजनीति अनुरुपनै आफूहरु पनि गठबन्धनमा लागेको र त्यसको अर्को कुनै विकल्प नरहेको समेत बताए ।
नेकपा (एमाले) आबद्ध नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका महासचिव घनेन्द्र श्रेष्ठले विज्ञप्ति मार्फत संगठनका उपाध्यक्ष हरि धरेल वा सचिव अञ्जन थापा९कुमार० को नेतृत्वमा सहमतिको प्रयास गर्दा पनि सम्भव नभएपछि नेकपा एमालेका पर्यटन विभागका प्रमुख सूर्य थापाको उपस्थितिमा सर्वसम्मतिका लागि दाहाललाई अघि सारिएको बताएका छन ।


Facebook Comment


No ads found for this position