दशैंमा कुन मोटरसाइकल किन्दा कति छुट ?

उत्तम काप्री

३० भदौ, काठमाडौं । पछिल्लो समय युवापुस्ता माझ मोटरसाइकल र स्कुटर लोकप्रिय छ । सबै बर्ग र उमेर समूहका लागि ‘फिट’ हुने विशेषताले नेपालमा मोटरसाइकल र स्कुटरको व्यापार बढ्दो छ । दशैं तिहारको अवसर बनाएर मोटरसाइकल किन्नेहरुको आजभोली शो-रुमहरुमा भीड छ ।

दशैं तिहारमा नयाँ बाइक चढ्न चाहानेहरु अहिले बाइक छानिरहेका छन् । दशैं तथा तिहारलाई लक्षित गर्दै मोटरसाइकल कम्पनीहरुले पनि आर्कषक अफर तथा योजना ल्याएका छन् ।

विक्रेता कम्पनीहरुले नगद छुट, हातखाली नहुने स्क्र्याच कुपन, टुर, नगद योजना सार्वजनिक गरेका छन् । यसले ग्राहकलाई पनि लोभ्याएको छ भने बाइकको ब्यापार पनि बढेको छ ।

हिरो

Hero xtrem sports (3)
हिरो मोटरसाइकल तथा स्कुटर नेपाली ग्राहक माझ लोकपि्रय भइसकेको छ । हिरो कम्पनीले पनि दशैं तथा तिहारलाई लक्षित गर्दै नगद छुट तथा बहार अफर योजना सार्वजनिक गरिसकेको छ ।

कम्पनीले सबै प्रकारको मोटरसाइकल खरिदमा ६ हजार रुपैयाँ छुट तथा स्कुटर खरिदमा ८ हजार रुपैयाँ छुट योजना ल्याएको छ ।

यसैगरी कम्पनीले हात खाली नहुने योजना अन्तर्गत स्क्र्याच कुपनमा सुन र चाँदीको सिक्का योजना समेत ल्याएको छ ।

कम्पनीले भाग्यशाली ग्राहकलाई २ र १ ग्रामको सुनका सिक्का र ५० र २० ग्रामको चाँदी सिक्का दिइने जनाएको छ ।

यसैगरी हरेक लकी ड्रमार्फत हप्ता एक जनाले १ लाख रुपैयाँ पाउने कम्पनीले जनाएको छ । यो योजना दश हप्तासम्म चल्ने छ ।

बजाज

Pulsar As150बजाज मोटरसाइकल पनि नेपाली ग्राहकमाझ लोकपि्रय छ । बजार बजाजले दशैंका अवसरमा दशैं तथा तिहार अफर योजना ल्याइसकेको छ ।

कम्पनीले सबै प्रकारका मोटरसाइकल खरिदमा ग्राहकलाई हात खाली नहुने योजना अन्तर्गत ६ हजार देखि १ लाख रुपैयाँसम्मको स्क्र्याच कुपन अफर योजना ल्याएको कम्पनीका सेल्स प्रतिनिधि महेश देउजाले बताए ।

नेपाली बजारमा बजाजका १ लाख ४८ हजार ९ सय रुपैयाँ देखि ३ लाख ९९ हजार ९ सय रुपैयाँको मोटरसाइकल विक्री भइरहेको छ ।

महिन्द्रा

mahinda-mojo-300महिन्द्राले ‘महिन्द्रा यसपाली, लखपति बने दुई ताली’ भने नारासहित दशैं तथा तिहार योजना ल्याएको छ । लखपति योजना भने लकी ड्र मार्फत हुनेछ ।

महिन्द्राले स्क्र््याच कुपन अन्तर्गत आफ्नो सबै प्रकारको मोटरसाइकल तथा स्कुटर खरिदमा ८ हजार देखि १ लाख रुपैयाँ हातखाली नहुने अफर योजना ल्याएको कम्पनीका सेल्स हेड प्रत्युष श्रेष्ठले बताए ।

बजारमा महिन्द्राले १ लाख ७६ हजार ९ सयदेखि १ लाख ८७ हजार ९ रुपैयाँसम्मका स्कुटर विक्री गरिररहेको छ । यसतै १ लाख ५१ हजार ५ सयदेखि १ लाख ६३ हजार ९ सय रुपैयाँ पर्ने महिन्द्राका मोटरसाइकल बिक्रीमा छन् ।

तर नाडा अटो शोमा सार्वजनिक भएको महिन्द्रा मोजो मोटरसाइकलमा भने यो अफर योजना लागू नहुने श्रेष्ठले बताए । मोजो स्पोर्टी मोटरसाइकलको मूल्य ५ लाख ८० हजार रपैयाँ छ ।

टिभिएस

apache-200
टिभिएस मोटरसाइकलनेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोर्टस प्रालि हो । कम्पनीले दशैं तथा तिहारलाई लक्षित गर्दै छुट तथा बहार योजना सार्वजनिक गरिसकेको छ ।

कम्पनीले टिभिएस आरटिआर १६० र १८० सीसी मोटरसाइकल खरिदमा ७ हजार छुट दिने भएको छ । त्यसबाहेक अन्य मोटरसाइकल तथा स्कुटरमा कम्पनीले १० हजार रुपैयाँ छुट योजना ल्याएको छ ।

तर आरटिआर २०० सीसीको मोटरसाइकल भने कम्पनीले सबै छुट सहित २ लाख ८३ हजार ९ सय रुपैयाँमा ग्राहकलाई उपलब्ध गराउने कम्पनीका प्रतिनिधि नवराज कोइरालाले बताए ।

यामाहा

Yamaha-YZF-R3 Finalयामाहाले ग्राहकको मन जित्न विगतका वर्षमा जस्तै यस वर्षपनि दशैं तथा तिहार अफर योजना ल्याएको छ । कम्पनीका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिदमा ८ हजार रुपैयाँसम्म नगद छुट दिइने भएको छ ।

यस्तै हरेक हप्ता एक जनालाई ४ दिनको जापान टुरको अफर ल्याइएको कम्पनीका प्रतिनिधि विनोद मर्हजनले बताए ।

यामाहाको १ लाख ७४ हजार ९ सय रुपैयाँदेखि १ लाख ९६ हजार ९ सय रुपैयाँ सम्मका स्कुटर विक्रीमा छन् ।

यस्तै १ लाख ८४ हजार ९ सय रुपैयाँदेखि ३ लाख ४८ हजार ९ सय रुपैयाँसम्मका बाउक पनि यामाहाले बेच्छ ।

सुजुकी
suzuki-gs150r
सुजुकी मोटरसाइकल तथा स्कुटर नेपालको लागि आधिकारिक विक्रेता भिजी अटोमोबायल्स प्रालि हो ।कम्पनीले पनि दशै तथा तिहार लागि लक्षित गर्दै अफर योजना सार्वजनिक गरिसकेको छ ।

सुजुकीका सबै प्रकारको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्यार्च कार्डमार्फत ७ हजारदेखि १ लाख रुपैयाँसम्म छुट योजना ल्याएको कम्पनीका सेल्स प्रमुख सुजन बिकेले बताए ।

त्यस्तै लकी ड्रमार्फत प्रत्येक महिना एक जनालाई ‘सुजुकी मोटोजिबी’ मोटरसाइकल एक जनालाई दिइने बिकेले बताए ।

होण्डा

honda-hunet-160-2
होण्डा कम्पनीले पनि विगतका वर्षहरुमा जस्तै गरी ग्राहकका लागि दशैं तथा तिहार अफर योजना ल्याएको छ । दशै तथा तिहारका अफर योजना अवधिमा जुनसुकै बाइक खरिद गर्ने ग्राहकले स्क्र्याच कुपनमार्फत ४ हजार देखि १ लाख रुपैयाँ छुट पाउने छन् ।

नियमित ४ पटकको सर्भिसिङ र १६ वटा थप सहित २० पटक सर्भिसिङ सुविधा समेत दिने कम्पनीका प्रतिनिधि अनुप थापाले बताए ।

यसैगरी ५ वर्षको लागि बाइकका पार्टपुर्जा खरिद गर्दा १० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।

साथै हरेक हप्ता लकी ड्र मार्फत एक जना छनौट गरी अफर योजना अवधिभर छनौट भएकाहरुमध्ये एकलाई लखपति योजनामा सहभागी गराउने थापाले बताए ।

नेपाली बजारमा होण्डाको १ लाख ६५ हजार ९ सय रुपैयाँदेखि ३० लाख ५० हजार रुपैयाँसम्मको बाइक विक्री भइरहेको छ ।


Facebook Comment


No ads found for this position