त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको रन–वे स्तरोन्नतिसुरू, दैनिक १० घण्टा उडान बन्द हुने

चैत, काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको रन–वे (धावनमार्ग) स्तरोन्नतिसुरू भएको छ । पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले बुधबार विहान शिलान्यास गरेर स्तरोन्नतिको काम सुरू गरिएको हो ।

सन् १९७५ मा निर्माण पछी विमानस्थल पहिलो पटक कालोपत्र गर्न लागिएको हो । यस अघि मर्मत गरेर सञ्चालन गरिँदै आएको थियो
दैनिक २२ घण्टा संचालन हुदै आएको विमान स्थल अब १२ घण्टा मात्र संचालनमा आउने छ भने दैनिक १० घण्टा उडान बन्द हुने छ ।

धावनमार्गको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन हुने छ । धावनमार्ग स्तरोन्नतिको काम चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजीले पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन–वे को स्तरोन्नति गर्ने छ ।

नागरिक उडड्ययन प्राधिकरणअन्तर्गतको अन्तर्रा्ष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार यो काम बढीमा९० दिनमा सकाइने छ । ७० दिनमा सकाउने लक्ष्य भएपनि प्राविधिक कठिनाइ आउनसक्ने आँकलनसहित थप २० दिन समयसीमा लम्ब्याइएको हो ।


Facebook Comment


No ads found for this position