तीन फरार अभियुक्त पक्राउ

तुलसीपुर (दाङ), १६ असार । जिल्ला अदालतले सजाय तोकेका तर हालसम्म फरार रहेका तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । दाङका प्रहरी प्रवक्ता प्रकाश शर्माले दिनुभएको जानकारी अनुसार पक्राउ पर्नेमा एकजना घोराही–१० मिलनचोक बस्ने सुदन रोकामगर रहेका छन् ।

nepal policeलागुऔषध मुद्दामा दाङ देउखुरी अदालतले २०७२ साउन २४ गतेको दिएको फैसलामा रोकामगरलाई एक महिना चार दिन कैद र रु पाँच हजार जरिवाना गरिएको थियो ।
त्यसैगरी, लागुऔषध मुद्दामा २०६२ जेठ ५ गतेको फैसलाले पाँच महिना छ दिन कैद रु एक हजार ८०० जरिवाना तोकेका दाङ धर्ना–७ का लीलाबहादुर खत्री र २०७० माघ ७ गतेको फैसलाले छ दिन कैद सजाय तोकेका घोराही–१० बस्ने सुनिल गुरुङलाई पनि पक्राउ गरिएको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय दाङको विशेष अनुसन्धान टोलीले जिल्लाका विभिन्न ठाउँबाट ती तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि दाङ देउखुरी जिल्ला अदालतमा आज बुझाइएको छ ।


Facebook Comment


No ads found for this position