तिब्बतमा २७०० वर्ष पुरानो चिहान भेटियो

चिनको स्वात्त क्षेत्र तिब्बतको बोमिमा भर्खरै गरिएको १३ वटा चिहानको खोजी गर्ने क्रममा २७ सय वर्ष पुरानो चिहान भेटिएको छ। क्षेत्रिय साँस्कृतीक अवसेस सँस्थाका अनुसार खोजी गरिएका १३ वटा चिहानहरु १८०० वर्ष देखि २७०० वर्ष पुराना रहेको बताइएको छ।

साँस्कृतिक अवसेष सँस्थानले जनाए अनुसार सडक परियोजनामा लागेका श्रमिकहरुको अवशेष भेटिएको जनाएको छ। सिन्हवा न्युज एजेन्सीले जनाए अनुसार चिहानमा मावन कंकालको पुरा अवशेषहरु भेटीएका छन्। ‘मान्छेहरुका हड्डि लगायत पुरा कंकालहरु भेटिएका छन्।’ अनुसन्धानकर्ता वांग्डुले बताएका छन्।

पुरातनबिदहरुले जनाए अनुसा नयाँ पत्ता लागेको चिहानमा मानिसले प्रचलनमा ल्याएको लास गाड्ने पुरानो तरिकालाइ अपनाएर गाडिएको छ। उक्त चिहानबाट ८ वटा माटाका भाँडा, फलामका अवसेष लगायत काँस्य हतियारहरु पनि फेला परेको जनाइएको छ।


Facebook Comment


No ads found for this position