ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थल बन्द

केशबप्रसाद भट्टराई हिमाली जिल्ला ताप्लेजुङमा रहेको एक मात्र सुकेटार विमानस्थल बन्द भएको छ । बर्खालागेको भन्दै जेठ ८ गते देखि मौसम बिग्रिएकोले विमान अवतरण स्थगित गरेको नेपाल वायु सेवा निगमका स्टेसन मेनेजर विकास राईले बताए ।

हप्ताको २ पटक मंगलबार र शुक्रबार आउने गरेकोमा अहिले स्थगित गरिएको म्यानेजर राईले बताए । यसरी नियमित हवाइ उडान नहुँदा यात्रुहरुमा समस्या भएको छ भने पर्यटक आगमनमा कमि आएको छ । अहिले स्थगित गरिएको बताउँदै कहिले खुल्ने भन्ने सर्कुलर नआएको राईले बताए ।

२०२८ सालमा निर्माण भएको सुकेटार विमानस्थल कालोपत्रे गरेर नियमित उडान गराउने भनेपनि मौसमको बहानामा बर्षा याम लाग्ने वित्तिकै हवाई सेवा बन्द हुने गरेको छ । ताप्लेजुङ जिल्लामा रहेको नेपाल कै चर्चित पाथीभरा देवीको दर्शन गर्न बार्षिक ३ लाख ५० हजार धार्मिक पर्यटकहरु आउने गरेका छन् । नियमित हवाई सेवा नहुँदा यात्रीहरुमा समेत समस्या भएको छ ।


Facebook Comment


No ads found for this position