तस्विबरमा राइड काष्ठमण्डप टु खोकना साइकल यात्रा

‘कन्सेप्ट नेपाल’ र ‘खोकना पुनःनिर्माण तथा पुनःस्थापना समिति’को संयुक्त आयोजनामा ‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ सुरु भएको छ ।
शनिबार विहान काष्ठमण्डपबाट सुरु भएको साइकल यात्रा कालीमाटी, बल्खु, चोभार, चाल्नाखेल, फर्पिङ पावर हाउस, फर्सिडोल, बुङ्मती हुँदै खोकनासम्म पुगेर सकिन्छ । यो रुटको दुरी करिब २० किमि हुनेछ ।
वैशाख ०७२ को भुइँचालोले क्षतिग्रस्त बनेका सम्पदाहरु काष्ठमण्डप, बुङमती र खोकनाको पुननिर्माणमा हातेमालो गर्दै बुङमती र खोकना क्षेत्रलाई साइक्लिङ पर्यटन गन्तव्यका रुपमा प्रचार गर्ने उद्धेश्यले ०७२ सालको गाइजात्रादेखि बर्सेनी ‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ हुँदै आएको छ । भुइँचालोबाट ध्वस्त तीन वटा सम्पदा (काष्ठमण्डप, बुङ्मती र खोकना)लाई साइक्लिङका माध्यमबाट जोडेर पुनःनिर्माणमा हातेमालो गर्ने उद्देश्यले ‘राइड काष्ठमण्डप टु खोकना’ सुरु गरिएको थियो । गाइजात्राको छेकोमा हरेक वर्ष साइकल यात्रा गरिन्छ ।
यसपालीको चौंथो संस्करणमा दुई सय जना साइकले सहभागी भएका छन् । साइकल ¥यालीमा सहभागी हुन आयोजकलाई ५ सय रुपैयाँ तिर्नु पर्छ । त्यो रकमले टिर्शट र लन्च सुविधा पाइनेछ कन्सेप्ट नेपालका संयोजक पवन शाक्यले जानकारी दिएका छन् ।
साइक्लिङ अभियान सुरु बरिष्ठ पर्यटन ब्यबसायी अमर शाहीले उद्घाटन गरेका थिए ।
यो अभियानको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड हो भने सहयोगीहरुमा नेपाल माउन्टेन बाइक एण्ड टुर्स, रैका टुर्स एण्ड टे«क्स, हिमालयन म्याप हाउस लगायत छन् ।
साइक्लिष्टको सम्मान
‘राइड काष्ठमण्डप टु खोकना’को चौंथो संस्करणका अबसरमा शनिबार खोकनामा दुई जना प्रख्यात साइक्लिष्टलाई सम्मान गरिँदैछ । नेपालमा साइक्लिङ पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान पु¥याउँदै आएका सोनाम गुरुङ र विश्व साइकल यात्री पुस्कर शाहलाई खोकनामा सम्मान गरिनेछ । उनीहरुलाई सम्मानपत्र र जनही ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएका छन् ।


Facebook Comment


No ads found for this position