तस्बिरमा शेफोकसुण्डो ताल

नेपालको सबैभन्दा गहिरो ताल हो फोकसुण्डो । ६५० मिटर गहीरो यो ताल डोल्पा जिल्लामा पर्दछ । फोक्सुण्डो ताल लाई शेफोकसुण्डो तालको नामले पनि चिनिन्छ । यो ताल शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो । यो ताल ३६११ मिटरको उचाईंमा डोल्पा जिल्लामा अवस्थित छ ।

राज्यलक्ष्मी हमाल

फोक्सुण्डो ताल नेपालको सबभन्दा गहिरो ताल हो। यो ताल नेपालको डोल्पा जिल्लामा पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी, चौडाइ १.६ किमी र गहिराई ६५० मीटर छ।

कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल ुवाईु आकारको छ। फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ ।

सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १४५ मिटर ९४७६ फिट० रहेको पाइएको थियो ।सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो । यस तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३०,००० देखि ४०,००० बर्ष पहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको देखिन्छ ।

 


Facebook Comment


No ads found for this position