तस्बिरमा नयाँ पदमार्ग : करबाकेली इको ट्रेक

विश्वप्रख्यात अन्नपुर्ण पदमार्गका पर्ने म्याग्दीमा नयाँ पदमार्ग करबाकेली इको ट्रेक एक्सप्लोर गरीएको छ । कास्कीको वीरेठाँटी, तिखेढुँगा, उल्लेरी हुँदै म्याग्दीको घोडेपानीबाट पुनहिल, फूलबारी हुँदै करबाकेली थान भएर बेनी बजार निस्कने पदमार्गलाई हामीले करबाकेली इको ट्रेक नाम दिईएको छ ।
पुनहिलबाट दक्षिण पश्चिम भेकको करबाकेली क्षेत्र प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण थलो भएता पनि खासै फाइदा लिन नसकेका भन्दै करबाकेली पर्यटन व्यवस्थापन समितिको अगुवाईमा करकाकेली ईको टेक पदमार्ग एक्सप्लोर गरीएको हा ।
स्थानीयलाई पर्यटनमा सहभागी गराएर मुलुकभित्रै रोजगारीको वातावरण सृजना गर्ने उद्धेश्यले करबाकेली पदमार्ग अबधारणा अघि बढाएको करबाकेली पर्यटन व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर पुनले बताए ।


यो पदमार्ग क्षेत्रमा बिशेषतः पुन समुदायको बसोबास छ । पुनहरुका कुल देवता करबाकेली बाबा हुन् । त्यहीलाई नामकारण गरेर पदमार्गको नाम करबाकेली ईको टेक राखेका हौ । करबाकेली क्षेत्रमा पुन समुदायको संस्कार र संस्कृति झल्काउने संग्रहालय बनाउने योजना रहेको अध्यक्ष पुनले बताए ।
पदमार्गको सबैभन्दा उचाई पुनहिल (३,२१० मिटर) हो । धेरै उचाई नभएकाले सबै उमेरका बालकदेखि बृद्धसम्म करबाकेली पदमार्ग भ्रमण गर्न सक्छन् । सजिलो, राम्रो र सस्तो भएकाले यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्नेमा हामी आशावादी छौं ।
दिनको २ हजार रुपैयाँ भएमा बिहान, बेलुका र साँझको खानाका साथै बास बस्नलाई पुग्छ । करबाकेली पदमार्ग भ्रमण गर्न काठमाडौंबाट एक साता समय छुट्टयाए पर्याप्त हुन्छ ।


वैशाख पहिलो साता काठमाडौंको कन्सेप्ट नेपाल नामक संस्थाको विज्ञ टोली झिकाएर करबाकेली बाबा संरक्षण समिति काफल डाँडाको अगुवाईमा पदमार्ग एक्सप्लोर गरिएको हो ।
एक्सप्लोरेशन हुनेवित्तिकै यो पदमार्गको नक्शा, बृत्तचित्र, पोस्टर, क्यालेण्डर र बुकलेट उत्पादन गरिसकेका छौं ।
कसरी पुग्ने
करबाकेली पदमार्गको यात्रामा निस्कनेहरु पहिलो दिन वीरेठाँटी वा तिखेढुँगासम्म जिपमा आएर उल्लेरीमा पहिलो बास बस्नेछन् । दोस्रो दिन घोडेपानीमा बास हुनेछ । तेस्रो दिन घोडेपानीबाट पुनहिल उक्लेर लन्च खान फूलबारी पुग्नेछन् । त्यो दिनको बास करबाकेलीथानमा हुनेछ ।
करबाकेली थानबाट भने हामीले पर्यटकलाई ४ वटा विकल्प दिएका छौं । पहिलो विकल्प करबाकेलीबाट बैसरीको ओरालो झर्ने । बैसरीबाट बेनीसम्म ९ किमि गाडीमा चढेर बेनी बजारमा बास बस्ने । दोस्रो विकल्प करबाकेली थानबाट महभिर हुँदै मल्लाज भएर बेनी बजारमा बास बस्ने ।
तेस्रो विकल्प करबाकेली थानबाट रीमा हुँदै औंल, बैसरी हुँदै बेनी बजार पुग्ने ।
र, चौंथो विकल्प करबाकेली थानबाट नागी हुँदै पर्वतको फलामे डाँडा पुगेर बास बस्ने । अर्को दिन फलामेडाँडाबाट बेनी बजार झर्ने । पर्यटकले इच्छा अनुसार रुट चयन गर्नेछन् ।
हिमाल, वनजंगल, जैविक विविधता, गाउँले जीवनशैली र पुन समुदायको संस्कार र संस्कृति अध्ययन गर्न करबाकेली पदमार्ग उपयुक्त रहेको कन्सेप्ट नेपालका अध्यक्ष पवन शाक्यले बताए । तस्बिरहरु : कन्सेप्ट नेपाल


Facebook Comment


No ads found for this position