डा. केसी र सरकारी टोलीका प्रतिनिधिबीच वार्ता सुरु

६ साउन, काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच वार्ता सुरु भएको छ । सरकारी वार्ता टोलीले अनशनस्थल टिचिङ अस्पताल महाराजगञ्ज पुगेर डा. केसीका मागबारे जानकारी लिएपछि स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु भएको हो।

dr kcस्वास्थ्य क्षेत्रमा सुधार, चिकित्सा शिक्षा ऐनको मस्यौदामा केही विषय थप गर्नुपर्ने, संसदमा विचाराधीन मनमोहन प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायत माग राखेर डा. केसी आमरण अनशन बसेको बिहीबार १२औँ दिन हो ।

सरकारले डा. केसीका मागका विषयमा छलफल गर्न बुधाबार तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो। स्वास्थ्य मन्त्रालयका सचिव शेनेन्द्रराज उप्रेतीको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सचिव कमलशाली घिमिरे र शिक्षा सचिव विश्वप्रकाश पण्डित वार्ता टोलीमा सदस्य छन्।

डा. केसीकातर्फबाट वार्तामा डा. रञ्जन सापकोटाको नेतृत्वमा केसीका सहयोगी जीवन क्षेत्री, सुमन आचार्य, चिकित्सक संघका अध्यक्ष अन्जनीकुमार झा, आवाशीय चिकित्सक संघका डा. रिजन महर्जनलगायत सहभागी छन्।


Facebook Comment


No ads found for this position