ठमेल अब ‘वाकिङ स्टिट’,सवारी साधन चलाउन नपाइने

ठमेललाई सवारी साधन निषेधित क्षेत्र घोषणा गरिएको छ।ट्राफिक प्रहरी महाशाखाले काठमाडौं महानगरसँग मिलेर ठमेललाई ‘वाकिङ स्टिट’ बनाउने घोषणा गरेको हो ।

मंगलबाट नसिर्ङचोकबाट पश्चिम, जेपी स्कुलबाट उत्तर, सातघुम्तीबाट दक्षिण र ठमेलको चोकबाट पश्चिम,दक्षिण स्थानमा सवारी साधन चलाउन नपाइने डिआइजी सर्वेन्द्र खनालले बताए।

सामान ओसारपसार गर्न रातको १० बजेदेखि विहानको ५ बजेभित्र सवारी साधन चलाउन दिइने उनले बताए। पर्यटकिय क्षेत्र ठमेलमा सडक सानो भएका कारण ट्राफिक जाम बढ्दै गएपछि त्यसलाई ‘वाकिङ स्टिट’ बनाउन लागिएको हो ।

यसबाट पर्यटकहरुलाई पनि सहज हुने डिआइजी खनालले बताए।

यसैबीच ट्राफिक प्रहरीले मंगलबारबाट सवारी साधन प्रदुषण चेक गर्ने भएको छ।

ठमेललाई वाकिङ स्टिट घोषणा गर्न सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा डिआइजी खनालले सवारी साधनको प्रदुषणका साथै कन्डिसनका अवस्थाबारे पनि जानकारी लिने बताए। प्रदुषणमा फेल हुने सवारी साधन संचालनमा रोक लगाउने उनले बताए।


Facebook Comment


No ads found for this position