टानको आसन्न निर्वाचनका लागि लम्साल र दाहाल भिड्ने

काठमाडौं । कार्तिक १२ गते हुन गईरहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनको लागि प्रजातान्त्रिक र स्वतन्त्र गठबन्धन तथा बाम गठबन्धनको समुहले तामझामका साथ मनोयन दर्ता गरेको छ । प्रजातान्त्रिक तथा स्वतन्त्र गठबन्धनको समुहको तर्फबाट मकालु एडभेन्चरका सञ्चालक मोहन लम्साल र बाम गठबन्धनको समुहको तर्फ बाट नवराज दाहालको नेतृत्वले मनोनयन दर्ता गरेको छ ।
लम्साल समूहको बरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितिय उपाध्यक्षमा निलहरी बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्र बहादुर कार्की, कोषाध्यक्षमा सुवास केसीले मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै सह–कोषाध्यक्षमा किरण धरेल, कार्यसमिति सदस्यहरुमा शेर बहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जांग्बु शेर्पा, जंग बहादुर लामा, आङबाबु शेर्पा, रितु ग्यान्दम, सुर्य बहादुर थापा, कुल प्रसाद सुवेदी र सरोज कट्टेलले दर्ता गरेका छन् ।त्यस्तै नवराज दाहाल समूहको बरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुषाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, द्वितीय उपाध्यक्षमा ऋषि प्रसाद नेपाल, महासचिवमा आङपेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा लामा रहेका छन् । त्यस्तै, सदस्यहरुमा राजनप्रसाद काप्री, जीवन लामा, रविन्द्र अधिकारी, सुकबहादुर लामा, हर्कबहादुर गुरुङ, बाबुराम गुरुङ, हरिशरण खरेल, गोपाल श्रेष्ठ र रामबहादुर खड्का रहेका छन् ।


Facebook Comment


No ads found for this position