टानका पदाधिकारीहरूले आर्थिक हिनामिना गरेको आरोप, व्यवसायी आक्रोशित

ट्रेकिङ व्यवसायीहरूको संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) भित्र भ्रष्टाचार भएको व्यवसायीहरूले आरोप लगाएका छन् ।
व्यवसायीहरूले संस्थाका पदाधिकारीहरूले आर्थिक हिनामिना गरेको आरोप लगाएका हुन् । उनीहरूले टिम्स्लगायत अन्य ठेक्का गर्दा संस्थाका पदाधिकारीहरूले ठूलो रकम अपचलन गरेको हुनसक्ने भन्दै लेखापरीक्षणको रिपोर्ट सार्वजनिक गर्न माग पनि गरेका छन् । उनीहरूले सरकारले पर्यटन वर्ष मनाउने योजना गरे पनि पर्यटन पूर्वाधार विकास गर्नेतर्फ पदाधिकारीहरूले कुनै चासो नदेखाएको आरोप पनि लगाएका छन् ।

नेपालको पर्यटन क्षेत्रमा हाल देखिएका विविध चुनौतीहरूका साथै पर्यटन क्षेत्रमा देखिएका अन्य समस्याहरूको विषयमा छलफल गरी निर्णय गर्न भन्दै बसेको भेलामा सबै व्यवसायी पदाधिकारी प्रति आक्रोशित भएका थिए ।
भेलाले सरकारसँग पदयात्रा गर्ने पर्यटकले अनिवार्य इजाजत प्राप्त ट्रेकिंग कम्पनीमार्फत अनुमतिपत्र लिई पदयात्रा गर्नुपर्ने, सगरमाथा राष्ट्रिय निकुञ्जले गाइड लाइसेन्स्बापत लिएको १५ सय रुपैयाँ खारेज गर्नुपर्ने, टिम्सको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने लगायतको माग पनि गरेको छ ।


Facebook Comment


No ads found for this position