टर्कीमा नेपालले इएमआइटीटी २०१९ स्टैंडको पुरस्कार प्राप्त

काठमाडौँ,  माघ : नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रवद्र्धन गरिएको छ । पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला (इएमआइटीटी)को २३आँै सस्ंकरणमा नेपालले टर्कीका दर्शकलाई विभिन्न पर्यटकीय गन्तव्य र उत्पादनको प्रदर्शनी गरी जानकारी गराएको हो ।

यही ३१ जनवरीदेखि ३ फेब्रुअरीसम्म टर्कीको राजधानी इस्तानबुलमा सम्पन्न उक्त मेलामा नेपालको सहभागिता पर्यटन व्यवसाय नेटवर्किङका हिसाबले फलदायी भएको मेलामा सहभागी एका मकालु एडभान्चरका प्रबन्ध निर्देशकले माेहन लम्सालले बताए ।  मेलामा नेपालले इएमआइटीटी २०१९ को सबैभन्दा सहयोगी स्टैंडको पुरस्कार पनि हात पारेको छ । टर्कीको बढ्दो आउटबाउन्ड र राम्रो हवाई सञ्जालका कारण हालैका वर्षमा धेरै एशियाली देशका लागि राम्रो स्रोत बजारको रुपमा स्थापित भएको छ । नेपाल पनि यीमध्ये एक हो ।

बोर्डले टर्कीमा नेपाल प्रवद्र्धनका लागि केही वर्षदेखि निरन्तर रूपमा इएमआइटीटीमा सहभागिता जनाउँदै आएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण वर्ष २०२० को पूर्र्वसन्ध्यामा राम्रो बजारीकरण रणनीतिका साथ यसको उपस्थिति विस्तार गर्न र नयाँ स्रोत बजारको खोजी भइरहेको बताउनुभयो । इएमआइटीटीमा बोर्डले गन्तव्य मार्केटिङ कार्यशाला र बीटुबी सञ्जाल सत्रमा उपस्थिति जनाएको थियो । अन्तर्राष्ट्रिय अपरेटरको गन्तव्यसूचीमा नेपाललाई राख्न बोर्डका पदाधिकारीले अनुरोध गरेका थिए । नेपालको कक्षले ५०० भन्दा बढी ट्रेड भिजिटर प्राप्त गरेको थियो भने १० हजारभन्दा बढीले ती कक्षको अवलोकन गरेका थिए । इस्तानबुल र काठमाडौँबीचको सिधा हवाई सम्पर्कले टर्कीस पर्यटकको आगमन बढ्दै गएको छ ।


Facebook Comment


No ads found for this position