टर्किस एयरको कार्गो जहाज दुर्घटना, १६ को मृत्यु

एजेन्सी बिस्केक, माघ ३ । एयरलायन्सको कार्गो जहाज सोमबार बिहान दुर्घटनामा परेको छ। हङकङबाट बिस्केसका लागि उडेको एयरलायन्सको बोइङ ७४७ जहाज किर्गिजस्तानको मानास विमानस्थल नजिकै दुर्घटनामा परेको समाचार संस्था रोयटर्सले जनाएको छ।

दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको किर्गिजस्तानका सरकारी अधिकारीले बताएका छन्। अधिकारीहरुले  जहाजका पाइलट र दुर्घटनास्थल आसपास घर भएका १५ स्थानीयको शव फेला परेको बताएका छन्।  दुर्घटनाको विस्तृत विवरण अाउन बाँकी छ।


Facebook Comment


No ads found for this position