जिवनकै यादगार यात्रा-रारा यात्रा (फाेटाे फिचर)

महेन्द्र गुरुंग
आन्तरीक पर्यटकको प्रमुख रोाजईमा परेको स्थान मध्य एक हो नेपलको सबैभन्दा ठुलो रारा ताल । यस भित्र म पनी पर्दछु । रारा यात्रा मेरो तेस्रो पटकको यात्रा हो । तर पहिलेको दुईवटा यात्रा भन्दा यो यात्रा निकै रमाईलो भयो । पहिलो पटक हेलीकप्टरमा, दोस्रो जिपमा र तेस्रो मोटरासाईलमा यात्रा गरे ।
तर मलाई तेस्रो यात्रा निकै रमाईलो लाग्यो । सुरुवातको एक दुई दिन दिनभर मोटरसाईलमा यात्रा गर्दा केही मात्रामा शरीर दुखेको जस्तो भयो । सुरुवातको दिन भन्दा अझ केही यात्रा बढी तय गरे पछी शरीर दुखाई कम हुन्छ भने थाहा थियो त्यही भएर मैले सुरुवातको यात्राका दिन भन्दा पछील्ला दिनहरमा यात्राको दुरी लामो गरे । यस्ले मेरो मेरो शरीर दुखाई कम भएको अनुभुती सहित शरीरको मेरो पुराना दुखाईहरु समेत कम भएको अनुभुती भयो ।


सबै साथीहरु जिपमा म मात्र मोटरसाईलमा यात्रा गरेको थियो । पहिला पनी रारा यात्रा गरीसकेको कारण बाटाको जानकारी भएकाले बढी जसो म आफ्नै धुनमा यात्रा गर्ने गरेको थिए ।

यही भएर होला साथीहरुले मलाई पटक पटक बोटमा एक्लै छोडी दिएका थिए । जब रारा ताल तर्फ जाने बाटो र मुगुको सदरमुकाम गमगढी जाने सडक निमार्ण कार्य भईरहको थियो । बाटो विराएर केही समय अघि गएर रारा ताल जाने तर्फ जो बाटो तरि फर्के । डोजरले बाटो खनीरहेको थियो ।

माटोको जमीनमा सेप राम्रो तरीकाले बसेको रहेनछ । त्यही लडे , पहिला त लडे पनी केही ग्राहो अनुभव भएन तर केही समय पछी हात भने दुख्यो । हात दुखे पनी म पुन मोटरसाईल चलाएर नै आफ्नो यात्रा तय गरे र गन्तब्य पुगे ।
रारा मेलै पहिले पनी देखीसकेको थिए । तर यो पटक रारा यात्रा निकै रोमान्चकारी भयो । रारालाई मैले नजीकै बाट नियाल्न पाए । यो यात्रा मेरो जिवनकै यादगार यात्रा भयो । लेखक ओज़ोन एक्स्पिडिशनका संचालक हुन्

यस्ताे छ रारा तालकाे परिचय

कर्णाली अञ्चलको मुगुमा पर्ने राराताल (२९९० मिटर) मुलुककै ठूलो ताल हो । ताल १ सय ६७ मिटर गहिरो, ५.१ किमि लम्बाइ र ३ किमि चौडा छ । ताल किनारको लम्बाइ १४.६ किमि छ, हिँडेर फन्को मार्न ५ घन्टा लाग्छ ।
सरकारले विसं २०३२ सालमा बनाएको रारा राष्ट्रिय निकुञ्जको क्षेत्रफल १०६ वर्ग किमि छ । जुम्लाबाट पदयात्रा गर्दा घुच्चिको लेक(३,४४६ मिटर) र चुच्चेमारा (३,८०२ मिटर) पार गर्नु पर्छ । ताल किनारमा डाँफे र हेरिटेज नाउँका दुई होटल छन् । तालको पुरा छवी खिच्न मुर्माटप चढ्नु पर्छ ।

कसरी पुग्ने

काठमाडौं–जुम्ला ८२५ किमि । बसमा दुई दिन । काठमाडौं–नेपालगञ्ज–जुम्ला हवाई यात्रा एक घन्टा ३५ मिनेट । जुम्लाबाट ३ दिन हिँडे राराताल । अथवा नेपालगञ्जबाट मुगुको ताल्चासम्म ३५ मिनेट हवाई यात्रा । ताल्चाबाट दुई घन्टा पदयात्रामा ताल । बाँकेको कोहलपुरबाट सुर्खेत, कालिकोट हुँदै गमगढी ३७९ किमि । गमगढीबाट ३ घन्टा पदयात्रामा ताल । जुम्ला–गमगढी मोटर बाटो १२८ किमि ।


Facebook Comment


No ads found for this position