जाेशी गभरमेन्ट डेस्टिनेसन बोर्डको अध्यक्षमा सर्वसहमत चयन

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशी प्यासाफिक एसिया ट्राभल एसोसिएसन(पाटा)को गभरमेन्ट डेस्टिनेसन बोर्डको अध्यक्षमा सर्वसहमत चयन भएका छन् ।
पाटामा नेपालको आबद्धताको पाँच दशक पछि कमिटीको अध्यक्षता गर्ने पहिलो नेपाली भएका छन् ।
अध्यक्ष भएपछि दीपकराज जोशीले भने यो अवसरलाई सम्पूर्ण सदस्य राष्ट्रहरु विशेषत नेपालको पर्यटनको ग्णात्मक बृद्धिका लागि आफु लागी पर्ने बताए । उनले भने पर्यटनको स्थायित्व लाभको साझेदारी र पर्यटनका गन्तब्यहरुको साझा हेरविचारबाट संभव हुने पनि बताउनुभयो ।
सोही अवसरमा टेम्पल टाइगर समूहका प्रबन्ध निर्देशक श्री वसन्तराज मिश्रलाई वहाँको पाटामा २५ वर्षको आबद्धता र योगदानका लागि लाइफ टाइम अचिभमेण्ट अवार्ड प्रदान गरिएको थियो ।
दक्षिण कोरियाको वाङहोङमा भएको पाटाको साधारणसभामा एसिया प्यासफिक क्षेत्रका ९५ सरकारी, सहरी पर्यटन संस्था, २५ बढी अन्तर्रा्ष्ट्रिय एयरलाइनस र एयरपोर्ट, १०८ अस्पिटालिटी संस्था, ६५ बढी शैक्षिक संस्थाहरु रहेका छन् ।


Facebook Comment


No ads found for this position