जाने होईन त, हिउँ खेल्न कालिन्चोक

पुस–माघमा नेपालमा धेरै यस्ता स्थानहरु छन जुन सहजै हिउ सग खेल्न र रमाउन सकिन्छ । त्यो मध्य राजधानीबाट सबैभन्दा नजीक हिउ सग रमाउने स्थल हो दोलखाको कालिन्चोक । तर, खेल्दा होस पु¥याऔं नत्र दुर्घटनामा परिन्छ । राजधानी बाट नजीकै तर मनमोहक सुन्दर सहित हिउ खेल्दै शक्तिपिठको दर्शन गर्न सकिन्छ । कालिन्चोक समुन्द्री सतहबाट ३,७०० मिटर उचाईमा रहेको आन्तरिक पर्यटकको उत्कृष्ट गन्तब्य स्थल पनी हो ।
मन्दिर परिसरमा भगवती, गणेशका मूर्ति र शिवपार्वती मुर्ति रहेका छन् । कालिञ्चोक दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ ।नयाँ वर्ष, जनै पूर्णिमा र मंसिरे पूर्णिमामा मेला लाग्छ ।
कालिञ्चोक बेस क्याम्प कुरी भञ्ज्याङमा मन्दिर दर्शन गर्न आउन भक्तजनहरुका लागी प्रशस्तमात्राामा होटलहरु रहेका छन् । जहाँ पाँच सयदेखि तीन हजार रुपैयाँसम्मका कोठा पाइन्छ । सादा खानाको दुई सय रुपैयाँ पर्छ ।

कुरी बजारदेखि मन्दिरसम्म कालिञ्चोक दर्शन लिमिटेडले केवलकार चलाउने तयारी गरेको छ । कुरीबाट हिँडेर मन्दिरमा पुग्न एक घन्टा लाग्छ । कालिञ्चोकबाट सूर्योदय, सूर्यास्त र हिमालको रोचक दृश्य देखिन्छ । त्यहाँबाट लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि सगरमाथासम्म देखिन्छ ।यात्राबाट फर्कंदा छुर्पी, चिज, चौंरीको घ्यु, काष्ठकला, खरिढुँगा कला कोसेली ल्याउन सकिन्छ ।

कसरी पुग्नेः

काठमाडौं–चरिकोट १३३ किमि । चरिकोट–कालिञ्चोक १७ किमि । काठमाडौंको पुरानो बसपार्कबाट ६ घन्टा बसमा चरिकोट । चरिकोट–कुरी जीपमा दुई घन्टा । चरिकोट–कुरी पदयात्रा समय करिब ५ घन्टा ।


Facebook Comment


No ads found for this position