जाने होईन त नाम्चे बजार (फोटो फिचर)

भित्ता कोपेर बनाएका गुजुमजुक्कक घरहरु । घरको झयाल खोलेर हेरयो भने सेतो हिमाल मुसुक्क मुस्काइृरहेको देखीने । घरहरु न परमपरागत, न आधुनिककै । सामान्य सेवा देखी सर्वसुविधा सम्पन्न अवस्थमा रहेको स्थान । हो, सगरमाथाको प्रवेशद्धार अन्तर्गतको नाम्चे बजार हो यो ।
नाम्चे भन्न वित्तिकै सगमाथाको प्रवेशद्धराका रुपमा प्रख्यात रहेको छ । बर्षेनी हजारौको सख्यामा सगमारमाथा हेर्न तथा आरोहणका लागी जाने प्रमुख मार्ग हो नाम्चे । तर अहिले सगरमाथा आरोही तथा सगरमाथा बेस क्याप सम्म जाने पर्यटकको किनमेलको थलोको रुपमा समेत परिचित रहेको छ सोलुखुम्बुको नाम्चे ।
नाम्चे भन्ने वित्तीकै सगमाथाको प्रवेशद्धारका रुपमा मात्र परिचित नभएर संस्कृतिका हिसावले पनी निकै अगाढी देखीन्छ, तर साँस्कृतिक हिसावले भन्दा पनी बढी ब्यापारीक तथा पर्यटकीय केन्द्रका रुपमा परिचति छ नाम्चे । विगतमा सगरमाथा आरोहण तथा सगरमाथाको बेसक्याप सम्म पुग्नका लागी चाहिने सम्पुर्ण सरसामानहरु राजधानी बाटै लिएर जानु पर्ने बाध्यता रहेको थियो ।


तर अहिले सगरमाथा आरोहणमा जाने तथा सगरमाथा बेसक्याप सम्म पुग्नेहरुलाई सम्पुर्ण सरसमान नाम्चेमै उपलब्ध गर्न सक्ने अवस्थामा रहेको छ नाम्चे । विगतमा त्यस्तो खालको समस्या भएता पनी अहिले नाम्चेमै सम्पुर्ण सरसमान किन्न पाउने अवस्था रहेको छ । यस्ले गर्दा सगरमाथा आरोहण गर्ने तथा सगरमाथा बेसक्याप सम्म जाने पर्यटकका लागी निकै सजिलो भएको छ । बर्षेनी हजारौको सख्यामा विदेशी पर्यटकहरु सरगमाथा अवलोकन लागी आउने गरेता पनी नेपालीहरुको सख्या निकै कम रहेको छ ।
नेपालीहरुले सगरमाथा हेर्न जान मंहगो भएर भन्ने भनाई गलत भएको बताउछन् मिग्मा शेर्पा । उनी भन्छ पर्यटकीय मौसमा नाम्चे तथा यो क्षेत्रका होटहरुको बुकिड अघिल्लो बर्षमै गरी सकेका हुनछ्न र होटकल बुकिड नगरेका लाई भने बासबस्नको लागी समस्या हुने बताए । यदी नाम्चेमा रहेको होटलहरु सबैको अनलाईन रहेको र अनलाईनमा बुकिड गरेमा त्यस्तो समस्या नआउने तर्क राख्दछन् ब्यबसायीहरु ।


सगरमाथा क्षेत्रमा महगो हुनुका प्रमुख कारण भनेको यहा ल्याई पुराउने सम्पुर्ण समानहरु हवाईमाग भएर आएका कारण महागो हुने गरेको तर्क राख्दछन् ब्यबसायीहरु ।
उनी भन्छन जबसम्म मोटरबाटाको पहुच हुदैन तबसम्म यस्को समस्या समाधान नहुने बताउछन् ।
सगरमाथामा विश्वको गौरव भएता पनी सगरमाथा क्षेत्रमा घुम्न जाने नेपालीहरुको संख्या निकै न्यून पुग्ने भएका कारण नाम्चेबासीले आन्तरीक पर्यटकलाई लक्षीत गरेर प्रत्येक बर्ष केही कार्यक्रम गर्दै आएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा अर्थात स्थानिय जनभनाई अनुसार च्योमोलुङ्मा जानका लागि हवाई मार्गको पहिलो प्रमुख प्रवेशद्धार हो, सोलुखुम्बुको लुक्ला । यो मार्ग मात्र नभएर दोलखाको जिरी हुँदै पैदल मार्ग भएर समेत सगरमाथा जाने गर्दछन् ।

आन्तरीक पर्यटकको आगमन बृद्धी गर्ने हो भने  सुर्कि सम्म मोटर बाटो बन्नु पर्यो

लामाकाजी शेर्पा
होटल ब्यबासायी, नाम्चे

नाम्चेमा आन्तरीक पर्यटकको आगमन बृद्धी गर्ने हो भने पहिलो काम सुर्कि सम्म मोटर बाटो बन्नु पर्यो । सुर्कि सम्म मोटरबाटो बन्न करीब ५२किलोमिटर बाँकीरहेको छ ।

यदी यसलाई चाढैनै बन्यो भने नाम्चेसम्म आन्तरीक पर्यटकको आगमन बृद्धी हुने छ । अर्को समस्या भनेको नाम्चेका ब्यबसायीहरुलाई कर तिर्न लाहान जानु पर्दछ ।

कर तिर्न जादा समेत एक ब्यबसायीको कम्तिमा ५० हजार खर्च हुन्छ भने एक हप्ता समय पनी लाग्दछ । यदी यही कर तिर्ने ब्यबसथापन गर्न सकियो भने राम्रो हुन्छ ।Photo: www.photobanknepal.com


Facebook Comment


No ads found for this position