जाने होईन त दल्चोकी (फोटो फिचर)

dahchokiरामदेवी मर्हजन

करिब २३०० मिटर उचाईको दल्चोकी पुुग्दा बादलको चिसो हावाले हाम्रो शरिरलाई चुम्दा उकालो चढेर थकाएका शरिरमा नयाँ जोश, जागर र उर्जा थपिदिन्छ । अझ चारैतिर देखिएका प्राकृतिक मनोरम दृष्यको आनन्दले आ“खालाई मात्र होइन मन र मस्तिष्कलाई पनि शान्त र शितल बनाईदिन्छ । दल्चोकीको प्राकृतिक सुन्दरता देखेर त्यो दृष्यलाई क्यामेरामा कैद गर्न मन लाग्यो । मैले ब्यागबाट क्यमरा झिकेरती सुनदर दृष्यलाई आफ्न्नो क्यामेरामा कैद गर्दै फोटो खिचे । जति खिचेपनि मनै नअघाउने, आँखै तहसमहस गर्न नमान्ने दल्चोकीको प्राकृतिक सुन्दरतामा मन हराउछ । सायद धेरै फोटो खिचेर होला लजाएर सेतो बादलको घुम्टो भित्र लुकेकी दल्चोकी ।

dhachoki
काठमाडौंमा हपक्कै गर्मी बढिसक्दा पनि लतिलपुरको दक्षिणमा पर्ने दल्चोकी शितल र शान्त छिन् । काठमाडौंको चर्को गर्मी छलेर शितल शान्त वातावरणमा एक दिने पदयात्रा गर्न उपयुक्त गन्तब्य हो दल्चोकी ।यहाँको प्राकृतिक सुन्दरतालाई आड लिएर पर्यटनको विकास गर्न सकिन्छ । काठमाडौंलाई पहरा दिने ठुल्ठुला डाडां मध्ये दल्चोकी पनि एक हो तर यो रुटबारे कमैलाई जानकारी छ ।
काठमाडौंबाट धेरै टाढा छैन दल्चोकी । मात्र रिगरोडबाट २० किलोमिटर दुरीमा छ । ललितपुरको लगनखेलबाट लेले जाने गडीमा लेलेको टिकाभैरब, लेप्रोसी हस्पिटलमा ओर्लने । टिकाभैरबबाट दल्चोकी करिब ८ किलोमिटर दुरीमा, करिब ३ घण्टाको हिडाई पछि पुगिन्छ । टिकाभैरब करिब १५०० मिटर उचाईमा छ भने दल्चोकी २३०० मिटर उचाईमा ।
टिकाभैरबबाट दायाँ गोरेटो दक्षिण लाग्ने । टिकाभैरब मन्दिर हुदै गाउँको बाटो हिड्ने । मिश्रित जनजातिको बसोबास रहेको टिकाभैरबबाट चारैतिर हरिया दृष्यहरु हेर्दै हिड्न सकिन्छ । बायाँतिर लेले गाविसका ससाना गाउँहरुका साथै हरिया फाँटहरु देख्न सकिन्छ भने दायाँतिर खेतका फाँटमा किसानहरु मिहिनेत साथ रोपाई गरिरहेका अनि कतै कतै गोरुले खेत जोत्दै गरेको मनै छुने रमणिय दृष्यहरु, दक्षिणतिर अनगिन्ति हरियाँ रुखै रुखले भरिएका पहाडका थुम्काहरु उभिएका जसका टुप्पाबादलको सेतो कुहिरोले धपक्कै छोपिएका सेता देखिन्थे कुन चाहि डाडां चढ्नेहो थम्याउनै नसक्ने ।

dahachokiयस्तै प्राकृतिक सुन्दरतास“ग रम्दै हिड्न सकिन्छ । अलिक हिडेपछि नल्लु खोला पुगिन्छ । नल्लु खोलालाई पार गरेर टिकाभैरबबाट दल्चोकी जाने दई बाट आउ“छ । एउटा मान्छे हिड्ने गोरेटो ठाडो उकालो । अर्को मोटर गुड्ने । दलचोकीबाट कान्ती राजपथ छुने गाडीको बाटो पनि बनिसकेको छ । मोटरबाटो नबन्दा मान्छेहरु यहीबाटो भएर दल्चोकी हिड्थे । पदयात्रा भनेकै सकेसम्म गोरेटो बाटोमा हिड्न हो त्यसैलेठाडो उकालो चढ्नु नै बेस हुन्छ ।दाया“ बाया“ मकैका हरिया बालाहरु झुलिरहेका विचमा सानो गोरेटो बाटो । करिब एक घण्टाको उकालो चढाईपछि मल्ल होटल, कान्ती राजपथ जाने बाटो पुगिन्छ । कान्ती राजपथ मकवानपुर सम्म जोडीएको छ ।
यहा“बाट पनि दल्चोकी पुग्ने दुई बाटा छन् । कान्ती राजपथबाट मोटर बाटो र अर्को ठाडो जंगलको उकालो सानो भैंसे, सैनिक क्याम्प हुदै दल्चोकी टप पुग्ने । मोटरबाटो तेर्सो अलिक सजिलो र जंगलको ठाडो उकालो अलिक गाहा्रे । ठाडो जंगलको उकालोनै चढ्ने । निधार, ढाड र नाकका टुप्पाबाट पसिना चुहाउ“दै, हरिया रुखहरुले फालेका स्वच्छ अक्सिजन लिदै हिड्दा खुम्चिएका नशाहरु तन्किएर स्वास प्रस्वास राम्रो भइ शरिरमा ताजापन आउ“छ। हिड्डा शरिरबाट पसिना निस्कन्छ, पसिनामार्फत शरिरमा रहेका विकारहरु निस्कन्छन् जसले शरिरलाई स्फुर्ति दिन्छ । त्यसैले महिनाको एक पटक भएपनि धुवाधुलो रहित स्वच्छ वातवरणमा हिड्डा शरिर हल्का हुन्छ भने हिड्डा खुट्टाका जोर्नीको कसरत भई बलियो हुुन्छ।

DSC01464
मल्ल होटलमा एक छिन फलफुल ब्रेक गरेरफेरी ठाडो उकालो दक्षिण नै बढ्ने । स्वास्थ्यको लागि हिड्ने भएको हुनाले पदयात्रा गर्दा जथाभावी हिड्नु हुदैन । सुरुमै छिटोछिटो हिड्डा स्वास फुलेर स्वास प्रस्वासमा बाधा भई दिनभर हिड्न गाह्रो हुन्छ । ताल नमिलाई उकालि ओरालीमा बेतिथिले हिडेमा बिच बाटोमै अप्थ्यारो हुन सक्छ । त्यसैले पदयात्रा गर्दा मध्यम गतिमा स्वासको तालमा पाईला मिलाउदै निश्चित ठाउ“मा पानी र फलफुल बे्रक गर्दे हिड्दा बढी थकान र शरिर गल्दैन । स्वस्थ्कै लागि हिड्ने भएको हुनाले जंकफुड र नुन बढी भएका खाजा, खाना नखानु बेश हुन्छ । जंकफुडमा शरिरलाई चाहिने छोका्रबोक्रा हुदैन जसले गर्दा शरिरमा भारीपन ल्याई हिड्न अप्थ्यारो हुन्छ ।
जंगलको बाटो, काठमाडौंमा चल्ने गाडीहरुको चर्को आवाजसुनेर थाकेका कानहरुले चराचुरुङ्गीको चिरविर आवाज, कोइलीको मीठो गीत र किरा फत्यङ्गाका प्राकृतिक आवाज सन्दाकानलाई आराम मिल्छ ।करिब एक घण्टाको ठाडो जंगलको उकालो करिब १८०० मिटर उचाई चढाई पछि समथर बाटो पुगिन्छ ।अलिक हिडेपछिसैनिकहरुको क्याम्प पुगिन्छ । द्धन्दकालमा सुरक्षाको लागि राखिएको । यहा“बाट दल्चोकी करिब चार कि.मि दुरीमा छ ।यहा“ दुई बाटा छन् । मोटर बाटो र गोरेटो बाटो । जहा“बाट गएपनि हुन्छ ।
तेर्सो मोटरबाटो नै हिड्ने । जति जति उचाई बढदै गयो त्यति त्यति उडेर आएका बादलका चिसो हावाको स्पर्शले हाम्रो थकानले चुर भएका शरिरमा नया“ उर्जा बढ्छ र हिड्न सजिलो हुन्छ । करिब एक घण्टाको हिडाई पछि प्रकृति पे्रमी समूह, निरोगआन्दधाम निर्माणस्थल करिब २१६५ मिटर उचाईमा पुगिन्छ । यहा“बाट दल्चोकी टप करिब १५ मिनेटको ठाडो उकालो चढाई पछि पुगिन्छ ।
जंगलको शिरानमारहेको निर्माणस्थलमा निरोग आनन्दधाम निर्माण कार्य सु्रु भईसकेको छ । उचित आहार विहार र विचारका प्रनेता, प्रकृतिप्रेमी समूहका अध्यक्ष प्राकृतिक चिकित्साका डाक्टर उमेश श्रेष्ठको अगुवाईमा निर्माण कार्य बैशाख देखि सुरु भैसकेको छ । उचित आहार विहार र विचारको अभ्यासले आफ्नो स्वास्थ्य आफ्नै हातमा लिने मूल मन्त्र व्यबहारमा लागु गरे मानिस जिवनभर निरोग र आनन्दित रहन सक्छ, लागिसकेको जिर्ण दिर्घ रोग पनि सरल विधिले समाधान हुन्छ भन्ने कुराको व्यवहाकि अभ्यास त्यहा गर्ने गराउने काम हुने छ ।

dahachoki

परकल्याण गरे स्वत आफ्नो कल्याण हुन्छ भन्नेकुरालाई जिवनभर आत्मशात गर्दै सम्पूर्ण मानवसमाज उपयोगी काममा समर्पित हुदै काम गर्दै आउनुभएका डा. श्रेष्ठ । सम्पुर्ण जनसहभागिता जुटाई निमार्ण कार्य अगाडि बढाउने योजना छ । यो केन्द्र निमार्णको लागि सबैको सहयोगको जरुरी छ । सहयोग भन्नाले हामी आर्थिक मात्र बुझद्छौ । सहयोग धेरै किसिमले गर्न सकिन्छ, आर्थिक भैतिक र श्रम दिएर ।
एकछिन आराम गरेर दल्चोकी टपको उकालो मोटरबाटो नगई पुर्वको ठाडो उकालो चढ्ने करिब १५ मिनेटमा पगिन्छ ।दल्चोकी शंखु गाविसको आठ र नौ ओडा छुटेर छुट्टै गाविस बनेको हो । यहा“ दल्चोकी माईको मन्दिर छ र त्यहि नामाले दल्चोकी नाम रहन गएको यहा“का स्थानिय वासिन्दा मदनथापा मगरकोभनाई छ । मिश्रित जनजाति बाहुन, क्षेत्री, तामाङ्ग, मगर, नगरकोटी सुनुवार समुदायको बसोबास रहेको छ । यहा छ घरहरुमा होम स्टेको सुरुवाट भैसकेको छ । एकैपल्ट ४० जना सम्म बास वस्न सकिन्थ्यो तर बैशाख १२ गतेको महाभुकम्पले दल्चोकीलाई पनी निकै क्षती प¥यायो । करिब ९९ प्रतिसत घरहरु क्षतिग्रस्त भए । १२ गतेको महाभुकम्पले जनमानसमा अझै डर र त्रास बांकीनै छ ।

DSC01419

तर मनसुनको सुरुवातसंगै त्यो कालो क्षणलाई विसार्ऐर सारा नेपालीलाई जीवनको लयमा फर्काउदै छ । सारा नेपालीहरु त्यो दुखद क्ष्यणलाई भुलेर खेत खेतमा ओईरीएका छन् रोपाई गर्न । यो दुष्यले मन निकै प्रफुल्लित तुलाउछ । मनसुन लगत्तै दल्चोकीमा पनि पर्यटकहरु बढेकाछन् । करिब १०० जना जति आईसके । हामीले टेन्ट लगाएर पर्यटकहरुलाई राख्छौं । घरहरु क्षती भएपनि दल्चोकी हाईकि¨को लागि सुरक्ष्ति छ । हामी करिब २० जना जतिलाई बास बसाउन सक्छौ दल्चोकीका रामप्रसाद तिमलसिनाले बताउनु भयो । धुक्क भएर दल्चोकीमा आउनु भए हुन्छ हामी तपाईहरुको स्वागत गर्छौं ।
उचाईमा रहेको हुनाले एक रात बास बसेर विहानको सुर्योदय र बेलुकिको सुर्यास्त हेर्दा थकान मेटिन्छ । कृषि र पशुपालनमा निर्भर छन् यहा“का बासीहरु । दैनिक १५०० सय देखि २००० लिटर गाई भैसींको दुध काठमाडौं ल्याईन्छ । तरकारी खेती पनि गरिन्छ । सामान्यत काउली, रायोको साग, आलु, बकुल्लाको खेती हुन्छ ।

DSC01427
दल्चोकी टप, भिड र प्रदुषणबाट टाढा, सफा छ । चारैतिर देखिएका दृष्य र वरिपरिबाट उडेर आएका भुई कहिरो बादल बनेर आएका चिसो हावाले नाको टुप्पोलाई छोएर जा“दा र त्यहि बादलमा लुकामारी खेल्दै गरेको सुर्यको किरणले बादललाई छेडेर हामी सम्म पुगेका पारिला घामका किरणले शरिरलाई स्पर्श गर्दा मनमा एक प्रकारको ताजापन छाउ“छ । यहा“बाट चारैतिरको राम्रो दृष्यावलोकन गर्न सकिन्छ । दल्चोकीको पूर्वमा चौघरे, नल्लु, भारदेव, बुखेल, मानिखेल आदि र फुल्चोकी टप देखिन्छ भने पश्चिमा भट्टेडाडां गाविसको पुरै दृष्य देखिन्छ । त्यसैगरी उत्तरतिर सेता हिमालहरु, गणेश, लाक्पा के के हो केनाम थाहानपाएका लश्करै उभिएका देखिन्छन् र तल तल काठमाडौं, टिकाभैरव र लेले गाविस देखिन्छ र दक्षिणतिर भने हरिया डाडांका थुम्काहरु लश्करै दल्चोकीलाई पहरा दिएर उभिएका देखिन्छनु र त्यही डाडांका बेसी र टुप्पामा स– साना बस्तिहरु देखिन्छन् भने मौसम खुलेको बेला तराईको पुरै भाग देखिन्छ । एकै छिनमा उडेर आएका सेता बादले डाडा र बस्तीलाई छोपिदिदा“ स्वर्गको टुक्रा जस्तो दखिन्छ दल्चोकी । यहां एकै दिनमा सबै मौसमको अनुभव गर्न सकिन्छ । उचाईमा परेको हुनाले छिनछिनमा उडेर आएका बादलको चिसो स्पर्शले मनलाई चिसो बनाईदिन्छ भने बादल खुलेपछि आएका सुर्यका किरणहरुले छुदा“ मन तातो हुनछ अनि त्यहि बादल ठोक्एिर झरेका पानीले बार्षातको अनुभव गराउ“छ ।छिनमै घाम लाग्ने र छिनमै बादल लाग्ने । यहा“ प्रायःजसो मौसम यस्तै हुन्छ । चैत बैशाखमा डाडै राताम्य हुने गरी लालीगुरास फुल्छ । जंगलमा कहिलेकाही चितुवा, मृग र थुप्रै किसिमका चराचुरु¨ी देख्न पाइन्छ ।
काठमाडौंको यति नजिकै भएरपनि यो रुटबारे धेरैलाई थाहा छैन । काठमाडौं वरपर यस्ता थुपै डाडांहरुछन् जसको नाम समेत थाहा छैन । प्रकृति प्रेमी समूहले यस्तै डाडांपाखामा स्वस्थ्य पर्यटनमा सघाउ पु¥याउने उदेश्यले हरेक महिनाको चौथो सनिबार पदयात्रा गराउदै आएको छ भने दक्षिण ललितपुरलाई स्वास्थ्य पर्यटन गन्तब्य बनाउने अभियानमा दक्षिण ललितपुरका १८ गाविसमा दुई देखि १५ दिनसम्मको ट्ेकिङ्ग रुट विकास गर्दै छ । यहि समुहसंग दल्चोकी पुगेकी थिए । समूहसंग पदयात्रा गर्दा स्वस्थ्यलाभको साथसाथै स्वास्थ्य ज्ञान पनि मिल्छ ।

DSC01454
कति सुन्दर छ देश, प्राकृतिक सुन्दताले देशलाई स्वर्ग बनाईदिएको छ । हाम्रो पहिचान भनेको हाम्रो धर्म, सस्कृति र हाम्रो आचरण पनि हो । यहि प्रकृतिको अनमोल सुन्दर उपहार , हाम्रो धर्म र सास्कृतिक सम्पदलाई लाई सदुपयोग गरेर त्यसमा मानिसको मुस्कान थपेर पर्यटन क्षेत्रलाई विकास गर्न सघाउ पुग्छ र पर्यटनको विकासले देशलाई अन्तराष्ट्यि क्षेत्रमा चिनाउन सक्छौ साथसाथै देशमा रोजगारी बढाउन सहयोग पुग्छ यसले देशका हाम्रा युवाहरुलाई देश छोडेर विदेशमा रोजगारीको लागि धाउनु पर्ने अवस्था हुदैन । तर हामीले हाम्रो देशलाई चिन्न सकेका छैनौ । त्यसैले पहिला हामीले हाम्रो देश घुम्न जरुरी छ त्यसको लागि पहिला आन्तरिक पर्यटनको विकास हुन जरुरी छ ।
हिड्दा स्वास्थ्यलाई राम्रो हुन्छनै साथसाथै यसले आफ्नो देश चिन्न पनि मद्दत गर्छ, गाउको जनजिवन, सस्कृति पनि बुझ्न सकिन्छ । विदाको बेलामा घरमा बसेर सुतेर तास खेलेर र पिकनिकमा गएर बेप्mवाकमा पैसा सकाउनुको साटो परिवार सहित आफ्नो देशको भ्रमण गर्दा आन्तरिक पर्यटन पनि विकास हुन्छ, आत्मियताको विकास हुन्छ, प्रेम र पारस्परिक सहयोगको विकास हुनुका साथसाथै देशलाई नजिक बाट चिन्ने मौका पनि पाउँछौ । यसका लागि हामीले आ आफ्नो क्षेत्रबाट आ आफ्रनो कर्तव्य इमान्दरीका साथ ग¥यौ भने सम्भव हुन्छ र भविष्मा हामी हाम्रा जोसिला युवाहरु नयाँ सोचकासाथ देशमै देश विकासका लागि काम गरिरहेका पाउँनेछौ ।
टपबाट पुर्व ठाडो ओरालो झर्दै मनकामना मन्दिर हुदै गोठ भन्ज्या“ङ्ग, बासुकी, शिखर्पा हुदै टिकाभैरब सम्म पदयात्रा गर्ने र टिकाभैरबबाट गाडीमा आउने । यो रुटलाई ठ्याक्कै उल्टो हिड्दा पनि हुन्छ । चढ्दा टिकाभैरबको शिखर्पा गाविस, नल्लु भन्ज्या“¨, गोठा भन्ज्या“¨ हुदै मनकामना मन्दिर र त्यहा“ खाजा खाएर टप चढ्ने र निरोग आनन्दधाम, सैनिक क्याम्प, सानो भैसें मल्ल होटल हुदै टिकाभैरब ओर्लने । जताबाट गएपनि चढ्न तीन घण्टा र ओर्लन दुई घण्टा ।

DSC01424

कसरी जाने ः ललितपुरको लगनखेलबाट लेले जाने गाडीमा लेले टिकाभैरब, लेप्रोसी हस्पिटलमा झर्ने । टिकाभैरबबाट दाया“ गोरेटो दक्षिण लाग्ने । हाईकि¨ दुरी १६ किलोमिटर ।मोटर बाटो दल्चोकी सम्मै पुग्छ । प्राइभेट गाडी र मोटरसाईकलमा दई घण्टामै दल्चोकी पुग्न सकिन्छ । दल्चोकी पदयात्रा गर्न उपयुक्त समय असोज, कात्तिक, मंसिर र माघ, फागुन ।

के लाने 
पानी पर्ने मौसम भएकोले छाता या बर्सादी र टे्रकिङ्ग लौरो अनिवार्य बोक्ने ।
पछाडि भिर्ने ब्याग, दुई लिटर पानी, सनगलास, घाम छेक्न क्याप, पातलो ज्याकेट बोक्दा बेस हुन्छ ।
प्राथमिक उपचारका सामान सिटामोल, टेप, मल्हम, ब्यानडेज, सियो धागो बोक्ने ।
हिड्न सजिलो जुत्ता र नचिप्लिने लगाउने ।


Facebook Comment


No ads found for this position