छिटै सरकार छाड्ने तयारीमा माओवादी केन्द्र

२७ असार, काठमाडौं ।  माओवादी केन्द्रले सरकारका विषयमा एमाले नेतृत्वसँग निर्णायक छलफल गर्ने निर्णय गरेको छ ।अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले विगतमा एमालेसँग भएको सहमति र त्यसको कार्यान्वयनको सम्भावनाका विषयमा प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्ने निर्णय गरेको हो ।

Mao-Officeमाओवादी अध्यक्ष प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझी साँझ बालुवाटार पुगेका थिए । तर, सत्तापक्षीय दलहरुको बैठक भएका कारण छुट्टै छलफल हुन भने सकेन ।

माओवादी केन्द्रको आइतबारको बैठकमा नेताहरूको दुईथरी मत आएको छ । सरकारमा सहभागी नेताहरूले ओली नेतृत्वको सरकारको विकल्पमा बन्ने राजनीतिक समीकरणमा पार्टीले उठाउँदै आएको एजेन्डा सम्बोधन हुने विश्वासको वातावरण पहिले आउनुपर्ने धारणा राखेका थिए ।

आइतबार मन्त्रीहरू रायमाझी, हरिबोल गजुरेल र शक्तिबहादुर बस्नेतले धारणा राखेका थिए । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले धारणा राखेका छैनन् भने अर्का मन्त्री अग्नि सापकोटा आइतबारको बैठकमा थिएनन् ।

बैठकमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, चक्रपाणि खनाल र जयपुरी घर्तीले पनि धारणा राखेका थिए । ती नेताहरूले एमाले नेतृत्वको सरकारले पार्टीलाई कमजोर बनाइरहेको भन्दै सरकारको विकल्पमा जानुपर्ने धारणा राखेका थिए।

तर, राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने र राष्ट्रिय समस्या समाधान खोज्ने कुरामा पार्टी निर्णय सही छ । तर, त्यस्तो सरकारको निर्माण कसरी गर्ने भन्नेमा पार्टीले पहिले रोडम्याप तयार पार्नुपर्ने अोली सरकारमा रहेका मन्त्रीहरूको भनाइ छ


Facebook Comment


No ads found for this position