चाडपर्वमा कतै घुम्न जाने सोचमा हुनुहुन्छ ? यस्तो छ ‘टूर प्याकेज’

काठमाडौँ , पर्यटकीय याम शुरु भएसँगै दशैँ, तिहार, छठलगायत महत्वपूर्ण चाड पर्वलाई लक्षित गरेर व्यवसायीले विशेष ‘टूर प्याकेज’ धमाधम ल्याइरहेका छन् ।

चाडपर्वमा लामो बिदा मनाउने र पर्यटकीय चहलपहल बढ्ने समय भएकाले नेपालका ट्राभल एन्ड टूर कम्पनीले विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षण गर्न यतिखेर आकर्षक कार्यक्रम ल्याइरहेका हुन् ।

यसै सन्दर्भमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ‘नेचर रिट्रिट टुर एन्ड ट्राभल्स’ले चाडपर्व लक्षित गरेर विशेष ‘टूर प्याकेज’ ल्याएको छ ।

सेवामा विविधीकरण गर्दै कम्पनीले स्वदेश तथा विदेशका प्रमुख पर्यटकीय गन्तव्यमा जाने पर्यटकलाई स्वास्थ्य सेवा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । पाँच दिन र सात दिनको टूर प्याकेजमा पर्यटकीय गन्तव्य घुमघामसँगै स्वास्थ्य उपचार पनि उपलब्ध गराइनेछ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नयाँ टूर प्याकेज ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक अभिषेक अर्यालले जानकारी दिनुभयो ।

नेपालबाट जाने पर्यटकका लागि हाल थाइल्याण्डको चर्चित सिकारिन अस्पतालमा उपचार उपलब्ध गराइने छ । त्यहाँ हाडर्जोनी र नशासम्बन्धी सम्पूर्ण उपचार पाउने छन् । विदेशी पर्यटकका लागि नेपालमा योगा चिकित्सा, थेरापी आदि उपचारको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । कम्पनीले थाइल्यान्ड, मलेसिया, सिंगापुर हुँदै युरोपसम्म यो प्याकेज बिक्री गरिरहेको छ ।

लाजिम्पाटस्थित एमई ट्राभल एण्ड टुरले पनि पर्यटकलाई आकर्षण गर्न ‘भिन्न टूर प्याकेज’ ल्याइएको जनाएको छ । जसमा थाइल्याण्ड, मलेसिया, सिंगापुर तथा युरोपका गन्तव्यमा सेवाग्राहीले विशेष छुट तथा अफर पाउनेछन् ।

फ्रान्समा रेष्टुराँ व्यवसाय गर्दै आएका गैर आवासीय नेपाली कमलराज अधिकारीले नेपालको पर्यटन क्षेत्रमा लगानी बढाई विदेशी पर्यटक आकर्षण गर्न कम्पनीले नयाँ कार्यक्रम ल्याएको बताउनुभयो ।

उक्त कम्पनीका अध्यक्ष रहनुभएका अधिकारीले माउन्ट एभरेष्ट समूहअन्तर्गत नेपालको कृषि, हस्पिटालिटी, शिक्षालगायत क्षेत्रमा लगानी शुरु गरिएको बताउनुभयो ।

अन्तर्राष्ट्रियस्तरको प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यका साथ होटल व्यवस्थापन र नर्सिङ कलेज पनि चाँडै स्थापना गर्ने कम्पनीको लक्ष्य छ । नेपालका ठूला र नाम चलेका ट्राभल एण्ड टूर कम्पनीले पनि विभिन्न गन्तव्यमा जाने स्वेदेशी तथा विदेशी सेवाग्राहीका लागि आकर्षक अफर ल्याएका छन् ।

यो याममा विदेशी पर्यटक नेपालका मुख्य पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी तथा चर्चित पदयात्रामा निस्कने गर्छन् भने धेरै नेपाली विदामा घुमफिरका लागि लोकप्रिय एसिया तथा युरोपका गन्तव्यमा जाने गर्छन् । सेवाग्राहीको माग र आवश्यकतालाई मध्यनजर गरी व्यवसायीले पनि सोही किसिमका प्याकेज ल्याउने गरेका छन् ।


Facebook Comment


No ads found for this position