घुम्न जाने होइन त तिलिचो ? कसरी जाने, कति लाग्ला खर्च ?

 

देशभित्र घुम्ने योजना बनाइ राख्नुभएको छ तर कहाँ र कसरी जाने भनेर अलमलमा हुनुहुन्छ ?  यस्तैमा मनाङको तिलिचो ताल तपाईको मुख्य प्राथमिकतामा छ भने त्यहाँ कसरी जाने र बजेट कति लाग्ला ?

गन्तव्य तिलिचोको लागि विदेशी पर्यटकहरुलाई टुर अपरेटरहरुले प्याकेज नै बनाएर बिक्री गर्ने भएपनि नेपालीहरुको लागि भने खासै त्यस्तो सुविधा पाइदैन। तर केही बर्ष यता नेपालीलार्इ पनी प्याकेज बनाएल लाने गरीएकाे छ । तर त्याे निकै कम रहेकाे छ ।

पछिल्लो समय नेपालीहरुले घुम्ने सोख बढेको छ। विशेषगरी हिमाल पहाड,ताल तलैयाको अवलोकनको लागि घुम्न जाने शौखिनहरुको संख्या दिनप्रतिदिन बढीरहेको छ। घुम्नको लागि खास मौसम, बजेटभन्दा पनि चाहना र प्रयोजन मुख्य भएको बताउँछन् पर्यटन व्यावसायीहरु।

सामन्यतया मौसमअनुसार गन्तव्यको सुन्दरता लिन सकिने भएकोले समयको पनि ख्याल गर्नुपर्ने व्यावासयीहरुको सुझाव छ। अहिलेको मौसममा पहाडि तथा हिमाली क्षेत्रका गन्तव्यहरु उपयुक्त हुनसक्ने व्यवसायीहरुको सुझाव छ।

 मनाङको तिलिचो कसरी जाने?

विगत केही बर्षदेखि नेपाली पर्यटकलार्इ लक्षीत गरेर तिलाेचाे लग्दै गरेकाे अाेजन एक्सीपीडेशनका महेन्द्र गुरूडका अनुसार तिलिचो काठमाडौंबाट तिलिचो घुमेर फर्कनको लागि बढीमा एक हप्ताको समय लाग्ने गर्दछ । प्याेकजमा काठमाणडाै देखि काठमाणडाै सम्म अारमदायी यात्रा गर्ने हाे भने प्रतिव्यक्ति बढीमा २५ हजार रुपैयाँ खर्च लाग्छ।

अन्यथा तिलिचो पुग्नको लागि काठमाडौंबाट लमजुङको बेसिसहरसम्म बस,पर्यटक बस,माइक्रोबाट जाने र त्यहाँबाट जिपमा माथिल्लो मनाङ पुगिन्छ।

माथिल्लो मनाङबाट तिलिचो आधारशिविरसम्म पैदल जानुपर्ने र त्यही बस्ने व्यवस्था छ।

आधारशिविरबाट भोलीपल्ट तिलिचो ताल अवलोकन गरेर बासबस्न फेरि त्यही फर्किन सकिन्छ। भोलीपल्ट त्यहाँबाट माथिल्लो मनाङ पुगेर पहिले आएकै बाटोबाट काठमाडौं फर्किन सकिन्छ।

तिलाेचाे तालकाे बिशेषता 

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका ताल हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १।२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ ।
वरिपरीको हिमालको बिचमा रहेको छ तिलिचो ताल । तिलोचो तालबाट निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल देख्न सकिन्छ ।


Facebook Comment


No ads found for this position