ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

काठमाडौँ । ग्राण्डी अस्पताल पुगेको सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटनाग्रस्त बनेको छ ।

शनिबार अस्पतालमा ल्याण्ड गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो ।

काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति हुन पाएन । ‘ल्याण्ड गर्ने क्रममा माथिल्लो तल्लाबाट तल्लो तल्लामा खसेको खबर आएको छ । विरामीको उद्दार भइसकेको छ । हेलिकप्टरलाई भने निकाल्न सकिएको छैन ।’

अस्पतालले भने विमानमा पाइलट मात्र भएको दावी गरेको छ । विमानको पखेटामा क्षति पुगेको छ ।


Facebook Comment


No ads found for this position