गाउँपालिकाभरि ‘होमस्टे’

बेँशीशहर,  असोज : लमजुङको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिकाभरि होमस्टे (घरबास) सञ्चालन गरिएको छ । गाउँपालिका सबै गाउँमा होमस्टे सञ्चालन गरिएको छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्ष २०७५÷७६ मा १३ गाउँमा होमस्टे सञ्चालन गर्ने तयारी अनुसार हालसम्म आठ गाउँमा होमस्टे सञ्चालन गरिएको छ । अन्य गाउँमा होमस्टे सञ्चालनको तयारीका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ । “होमस्टे सञ्चालनका लागि पूर्वाधार तयार गरिँदै छ । हामी चालू आवभित्र ती गाउँमा होमस्टे सञ्चालन गर्छौं”, उहाँले भन्नुभयो ।

मस्र्याङ्दी गाउँपालिका–१ घनपोखरा, ३ को सिउरुङ र ढगैं, ४ को छापा र मिप्रा, ५ को खानीगाउँ, ८ को भुष्मे र ९ को भलामचौरमा होमस्टे सञ्चालन गरिएको छ । यी गाउँका ७० भन्दा बढी घरमा होमस्टे सञ्चालन गरिएको छ । वडा नं ४ को कालाघिरिङ, ५ को सञ्जापु, ६ को भीरपुस्तुन, ७ को उस्ता र नयाँगाउँमा होमस्टेका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको गुरुङले बताउनुभयो । उक्त गाउँमा होमस्टेका लागि संरचना निर्माणसँगै, सरसफाइ, गाउँसम्म पुग्ने सडक तथा गोरेटो निर्माण गरिएको छ ।

होमस्टे प्रवद्र्धनका लागि गाउँपालिकाका नौ वटै वडालाई समेटेर वृत्तचित्र निर्माणसमेत गरिएको छ । कतिपय होमस्टे गाउँले पर्यटन प्रवद्र्धनका लागि गीति एल्वम निर्माण गरिएको छ । यहाँका ८० घरमा होमस्टे सञ्चालनको तयारी भइरहेको छ ।

गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकका अनुसार यसअघि होमस्टे सञ्चालन गरिएका गाउँमा वार्षिक रुपमा पर्यटन–प्रवद्र्धनका कार्यक्रम गरिँदै आएको छ । गाउँपालिका भित्र अन्य नयाँ ठाउँ पहिचान गरी होमस्टे प्रवद्र्धनात्मक कार्यक्रम थालिएको उहाँले बताउनुभयो । आव २०७४÷७५ मा गाउँपालिकाले रु १० लाख विनियोजन गरी कार्यक्रम सञ्चालन गरेको थियो । चालु आव २०७५÷७६ मा रु १५ लाख विनियोजन गरिएको छ ।


Facebook Comment


No ads found for this position