खोकना पुनःनिर्माणमा साइकील र्र्याली

ललितपुर, भदौ ४ ।  भुकम्पबाट प्रभावित ललितपुरको नेवार वस्ती खोकनाको पुनःनिर्माणमा सघाउन शनिबार साइकल यात्रा भएको छ । खोकना पुनःनिर्माण तथा पुनःस्थापना समितिको आयोजनामा भएको ‘राइड काष्ठमण्डप टु खोकना रेस्टोरिङ हेरिटेज’ साइकल ¥यालीमा १५० भन्दा बढी साइकिलष्ट सहभागि भए । गत वर्ष पनि यस्तै साइक्लिङ भएको थियो ।
खोकनामा पुगेपछि साँस्कृतिक हिसाबले खोकनाबासीले साइक्लिष्टको स्वागत गरे । कार्यक्रम संयोजक पवन शाक्य भन्छन्, ‘हामी राइड काष्ठमण्डप टु खोकना’लाई बर्सेनी आयोजना गर्न चाहन्छौं ।’
खोकना ७ सय ५० वर्षअघि बसेको मानिन्छ । खोकना स्थापना हुँदा पहिलो घरका रुपमा त्यही मण्डप बनाइएको किंवदन्ती छ । जितापुर मण्डप गत वर्ष पृुननिर्माण गरिएको थियो ।
कार्यविनायक नगरपालिकाको ६ देखि ९ नम्बर वडालाई खोकना भनिन्छ । विशुद्ध नेवार बस्ती खोकनामा भुइँचालोबाट ९ जनाको ज्यान गएको थियो भने ८ सय ४४ घर पूर्ण रूपमा ध्वस्त भएका थिए ।
गाइजात्रामा रुद्रायणी मन्दिरको खट जितापुर मण्डपमा राख्ने चलन छ । राजधानीमा शुक्रबार राजधानी मनाइयो तर, राजधानीकै एउटा कुना खोकनामा भने आइतबार मात्रै गाइजात्रा मनाइयो । ‘खोकनाको बेग्लै संस्कृति र संस्कार छ’, समितिका अध्यक्ष श्याम महजर्नले भने ।

cycle
नाटोका महासचिव अमरबहादुर शाही, शसस्त्र प्रहरीका एआइजि सिंहबहादुर श्रेष्ठ, विश्व साइकल यात्री पुस्कर शाह, नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुदन सुवेदी र कार्यविनायक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रोहितराज पोखरलेले राष्ट्रिय झण्डा फर्फराएर बिहान ७ः३० बजे काष्ठमण्डपबाट साइकल ¥याली शुभारम्भ गरेका थिए ।
काष्ठमण्डपबाट कालीमाटी, बल्खु, चोभार, चाल्नाखेल, वागमती झोलुङे पुल, बुङमति हुँदै खोकनासम्म १५ किलोमिटर साइकल कुदाइएको ¥यालीका टेक्लिनकल नेता देवेन्द्र बस्न्यातले जानकारी दिए ।
साइकल यात्रापछि आयोजित कार्यक्रममा पत्रकार अमृत भादगाउँले, समिति अध्यक्ष श्याम महर्जन, उपाध्यक्ष नेपाल डंगोल र अगुवा ज्ञानभक्त डंगोलले साइक्लिङ पर्यटनको महत्वमाथि बोलेका थिए ।
कार्यक्रमपछि साइक्लिष्टले गाइजात्रा अवलोकन गरेका थिए । साइक्लिङ आयोजना गर्न रञ्जन राजभण्डारी, देवेन्द्र बस्न्यात र सुदिप पौडेलले सक्रिय सहयोग गरेका थिए ।

cycle (1) cycle (2) cycle (3) cycle (4) cycle (5) cycle (6) cycle (7) cycle (8) cycle (9) cycle (10)


Facebook Comment


No ads found for this position