खतरामा भगवान!

chandanath-temple२३ मंसिर, । हिन्दु धर्मावलम्बीको आश्थाको केन्द्र बनेको जुम्लाको चन्दननाथ मन्दिरमा मंसिर ११ गते भएको मूर्ति चोरी घटनाको प्रहरी अनुसन्धान जारी छ। काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थलमा छ।

गृहमन्त्रालयले घटनाको चासो मात्र दिएको छैन। जतिसक्दो चाँडो घटनाको सत्यतथ्य सार्वजनिक गर्न दबाब पनि दिइरहेको छ। तालुकदार मन्त्रालय र पुरातात्वविभागले घटनाका सम्बन्धमा चासो देखाइरहेका छन्। जुम्लेलीहरू सडकमै ओर्लिएर मूर्ति खोज्न दबाब दिइरहेका छन्।

जुम्लाको घटनाअघि डोल्पाको शे गुम्बाबाट पाँच थान प्राचिन बहुमुल्य मूर्ति चोरिएका थिए।

प्रहरीका अनुसार तथ्यांक घटनाक्रमले देशका विभिन्न स्थानमा रहेका बहुमुल्य, पुरातात्विक र प्राचिन मूर्ति, शिलालेख तथा स्मारक खतरामा रहेको संकेत देखिएपनि खतरा कसबाट? प्रहरी स्वयम् अलमलमा छ।


Facebook Comment


No ads found for this position