कोसी टप्पुको आकर्षण एक वर्षमा ११ हजार पर्यटक, झन्डै ८ लाख राजस्व संकलन

इनरुवा, पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोसी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेका छन्।सुनसरीको कोसी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोसी टप्पुमा आर्थिक वर्ष २०७३र०७४ मा सो संख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए।

आरक्षमा एक वर्षको अवधिमा नेपाली पर्यटक ११ हजार २ जना, सार्क मुलुकका ५४ र अन्य विदेशी मुलुकका १९६ गरी जम्मा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेको संरक्षण अधिकृत साहले बताए।

आरक्षमा सबैभन्दा बढी बैसाख महिनामा पर्यटकले अवलोकन गरेका छन् भने सबैभन्दा कम पुस महिनामा पर्यटक आएको तथ्यांकले देखाएको छ। आरक्षमा बैसाखमा एक हजार ८७४ जना पर पुसमा १२३ जना पर्यटक आएका छन्।

आरक्षमा आवलोकन गरेको पर्यटकबाट सोही आर्थिक वर्षमा रु ७ लाख ८५ हजार एक सय राजस्व संकलन भएको आरक्षले जनाएको छ।

आरक्षमा रहेको विभिन्न किसिमका चराचुरुङ्गी, अर्ना, हात्तीलगायतका जंगली जनावरको अवलोकन गर्नका लागि पर्यटक आउने गरेका छन्।रासस


Facebook Comment


No ads found for this position