कास्किमा एसियाकै पहिलो पहुचयुक्त पदमार्गको संचालनमा (फोटो फिचर)

नेपाल पर्यटन बोडको अगुवाईमा एसियाकै पहिलो अपांगता मैत्री पँहुचयुक्त पर्यटकिय पद मार्गको संचालनमा आएको छ । पर्यटकीय राजधानीकोरुपले प्रख्यात कास्कीमा अर्को एउटा नयाँ पर्यटकीय पैदल मार्ग संचालनमा आएको हो । कास्कीको पोखरा महानगरपालिका स्थित देउराली नौडाडामा १.३ किमि लामो अपांगता मैत्री पँहुचयुक्त पर्यटकिय पद मार्गको संचालनमा आएको हो । पदमार्गको उदघाटन गदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री रविन्द्र अधिकारी भने यो पदमार्गले नेपालको पर्यटनमा एक नयाँ आयम ल्याउने बताए । मन्त्री अधिकारीले यस पदमार्गलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन सबै मिलेर लाग्नु पर्नेमा जोड दिए ।

बोर्डका कार्यकारी प्रमुखले दिपक राज जोशीले यो पदमार्गको शुभारम्भ ऐतिहासिक भएको र यसले स्थानिय स्तरमा अपांगमैत्री संरचना र गतविधिको आवश्यक्ता बारे चेतना जगाउने, नेपालको पर्यटन प्रवद्र्धन गर्ने र नेपाल जस्तो भौगोलिक विकटता भएको देशमा पनि पहुचयुक्त पदयात्रामार्ग बन्नुले संसारका अरु गन्तव्य लाई प्रेरित गर्ने बताए ।

संसारभरी करीब १ अर्ब मानिसहरु फरक ढंगले सबल रहेको जनसंख्या छ । ति मानिसहरु मध्य केही मात्र यो पदमार्गमा ल्उाउन सकियो भने नेपालको पर्यटन क्षेत्रमा निकै उपलब्धी हुन सक्ने कार्यकारी प्रमुख दिपक राज जोशीले बताए । यस पदयात्रा मार्गमा ह्वील चेयर प्रयोगकर्ता, वृद्ध नागरिक, कृत्रिम हात खुट्टा भएका जस्ता पदयात्रीहरुको सुविधालाई ध्यान दिएर निर्माण गरिएको नेपाल पर्यटन बोर्डका पोखराका प्रमुख सुर्य थपलीयाले बताए ।
पदमार्गबाट उत्तर तर्फ अन्नपूर्ण, माछापुच्छ«े लगायत मनोरम हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ फेवाताल लगायत बस्ती तथा फाँटको मनोरम दृश्यले पर्यटकको मन लोभिन्छ ।

 


Facebook Comment


No ads found for this position