काष्ठमण्डप विमान दुर्घटनाका घाइतेहरुलाई क्षतिपूर्ति र उपचार खर्च दिइएन

एलपी देवकोटा

४ साउन, जुम्ला । नेपालगञ्जदेखि जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटना का घाइतेहरुले अहिलेसम्म क्षतिपूर्ति वा उपचार खर्च नपाएको गुनासो गरेका छन् ।गत वर्ष फागुनमा उक्त विमान दुर्घट्ना भएको थियो । विमा कम्पनी र काष्ठमण्डप एयर कम्पनीले वेवास्ता गरेको उनीहरुले बताएका छन् ।

prees meetघाइतेले दुर्घटनाको एक हप्तासम्म मिडियाबाजी र शुभकामना दिएपछि पछिल्लो समयमा बिर्सेको बताए । रिपोर्टर्स क्लब जुम्लाले गरेको साक्षात्कारमा उनीहरुले बिमा कम्पनीमा तकेता गर्दा काष्ठमण्डप एयर र काष्ठमण्डपलाई ताकेता गर्दा बिमा कम्पनीलाई देखाएर आलटाल गर्ने गरेको गुनासो गरेका हुन् ।

दुर्घटनाका घाइते मेगराज गिरीले उपचार खर्च पनि आफै बेहोर्नु परिरहेको गुनासो गरे । उनको पत्नी जगदम्बा खत्री र छोरा प्रनिल गिरी समेत दुर्घटनामा परेका थिए ।  ‘अहिलेसम्म जुम्लामा आउँदा काष्ठमण्डपले २० हजार रुपैयाँ दिएको छ । अन्त कतैबाट पनि केही दिइएको छैन,’ उनले भने, ‘दुईचार दिन मिडियामा हल्ला भएपनि कतैबाट हेरिएको छैन । एयर काष्ठमण्डपले त झन् अलपत्र अवस्थामा छोडेको छ  ।’ उनको परिवारको उपचारमा चार लाखभन्दा बढी खर्च भइसकेको छ ।

अर्का घाइते लक्ष्मण खड्काले दुर्घटनामा परी दाँतको समस्य र अनुहारको हड्डी भाँच्चिएको र त्यसले अहिले पनि पिरोलीरहेको बताए । ‘काष्ठमण्डपको नेपालगंज अफिस सम्पर्क विहिन बन्यो । ६८ दिन लखनऊ बसें । असार २१ गते बोलाएको थियो । प्रबन्ध निर्देशकले वकिलालाई जिम्मेवारी दिएको छ भने,’ उनले गुनासो पोखे, ‘वकिलले सुनुवाई गर्दैनन् ।’

अर्का घाइते धनन्जय केसीले निजी अपतालमा उपचार गराउनु पर्दा निकै खर्च बेहोर्नु परेको गुनासो गरे ।  ‘३ लाख २५ हजार रुपैयाँ व्यक्तिगत खर्च भएको छ । रेखदेख र सोधपुछ पनि छैन । एयर कम्पनीबाट लाचार प्रकारको जवाफ दिए,’ उनले भने, ‘दुई महिनापछि आफ्नै खर्चमा जुम्ला आएँ । काष्ठमण्डपबाट विएण्डविमा उपचार गर्दा कति तिरियो जानकारी छैन । १५ दिन पहिले डाक्टरले बोलाएको थियो । पैसा नहँुुदा थन्किएको छु । कर्णालीका घाइते भनेर हेप्न मिल्दैन ।’

गत वर्षको फागुन १४ गते काष्ठमण्डप एयरको जहाज कालिकोटको चिलखायमा दुर्घटना भएको थियो । जुम्लाका ९ जना सवार थिए । चालक दलको मृत्यु भएपनि यात्रुको भने सकुशल उद्धार भएको थियो ।


Facebook Comment


No ads found for this position