काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज भएको छ

काठमाडौं । काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज भएको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले यस्तो निर्णय गरेको छ ।

कार्यकारी परिषद्बाट गठित खोजविन समितिले अनुसन्धानमा जाँदा मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्न आवश्यक न्यूनतम मापदण्ड समेत पूरा गरेको नदेखिएको निर्णयमा उल्लेख छ ।

काठमाडौं नेशनल मेडिकल कलेजलाई शैक्षिक वर्ष २०७४र७५ देखि एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी सम्बन्धन दिने गरी मिति २०७४ साउन १२ गते गरेको निर्णय खारेज गरिएको जानकारी त्रिवि कार्यकारी परिषदले दिएको छ ।

यस निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, सर्वोच्च अदालत, फैसला कार्यान्वयन निर्देशनालय र काठमाडौं नेशनल मेडिकल कलेज प्रालीलाई पनि गराउने निर्णय भएको छ ।

परिषदले अदालतको आदेशबमोजिम सञ्चालन अनुमति दिइएको पनि जनाएको छ ।


Facebook Comment


No ads found for this position