कागबेनी–मुक्तिनाथ सडकखण्ड कालोपत्रे ,मुक्तिनाथ पुग्ने पर्यटकलाई सहज

मुस्ताङको महत्वपूर्ण सडक खण्डको रुपमा परिचित कागबेनी–मुक्तिनाथ सडकखण्ड कालोपत्रे भएको छ ।

कालोपत्रे गर्ने कार्य सुरु भएको दुई वर्षपछि कागबेनीबाट मुक्तिनाथसम्मको १२ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको हो । सडक कालोपत्रे भएपछि विभिन्न स्थानबाट मुक्तिनाथ पुग्ने पर्यटकलाई सहज भएको छ । कष्टकर यात्रा गर्न बाध्य पर्यटक बुधबारदेखि पीच सडकमा यात्रा गर्न पाउने जिल्ला प्राविधिक कार्यालय मुस्ताङका प्रमुख रविन्द्र तिवारीले बताए। साँघुरो सडक, मौसम प्रतिकुलता र उच्चभेगमा भएका कारणले कामलाई तदारुकताका साथ अघि बढाउन नसकिए पनि दुई वर्षको अन्तरालमा २० करोड लागतमा कालोपत्रे निर्माण कार्य सम्पन्न भएको तिवारीले जानकारी दिनुभयो ।


Facebook Comment


No ads found for this position