कर्णाली प्रदेशले ०७५ लाई पर्यटन वर्षका रूपमा मनाउने

विश्वराज पछल्डङ्ग्या र रत्न कार्की  कर्णाली प्रदेशले ०७५ लाई पर्यटन वर्षका रूपमा मनाउने भएको छ । प्रदेश सरकारले १ वैशाखदेखि रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ मनाउने निर्णय गरेको छ ।

पर्यटकीय क्षेत्रको प्रचार गर्न र पर्यटनलाई उद्योगका रूपमा विकास गर्न पर्यटन वर्ष मनाउने निर्णय गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

मुर्माटपबाट देखिएको राराको पुरा आकृती

त्यसका लागि मुख्यमन्त्री शाहीको नेतृत्वमा १५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिमा प्रदेशका मन्त्रीहरू, प्रमुख सचिव, मन्त्रालयका सचिवहरू सदस्य र पर्यटन मन्त्रालयका सचिवलाई सदस्यसचिवका रूपमा राख्ने निर्णय भएको प्रवक्ता एवं भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।

हुम्ला

आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा आर्थिक व्यवस्था समिति र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा सुरक्षा समिति बनाएको छ ।

त्यस्तै, स्वास्थ्य तथा प्रचारप्रसार समितिको संयोजकमा सामाजिक विकासमन्त्री दल रावल, खाद्य तथा कोसेली व्यवस्थापन समितिको संयोजकमा भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री विमला केसी, पर्यटन वर्ष व्यवस्थापन समितिको संयोजकमा मन्त्री नन्दसिंह बुढा र यातायात व्यवस्थापन समितिको संयोजकमा पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई तोकिएको छ ।

नेपाली भाषाकाे उदगम थलाे सिजा भ्याली

यस्ता छन् १० निर्णय
आइतबारको मन्त्रिपरिषद् बैठकले दशवटा निर्णय गरेको छ । बैठकले सार्वजनिक लिखतको प्रमाणीकरण ०७४, प्रदेश सरकारको कार्य सञ्चालन नियमावली, ०७४ र प्रदेश सरकारको कार्य विभाजन नियमावली, २०७४ स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्का सदस्यको आचारसंहिता, २०७४ र मन्त्रिपरिषद्सम्बन्धी कार्यविधि, २०७४ पनि स्वीकृत गरिएको प्रवक्ता केसीले बताइन् ।

मन्त्रिपरिषद् बैठकले विभिन्न समिति पनि गठन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी र भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री सदस्य रहने गरी राजनीतिक समिति गठन गरेको छ ।

त्यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा प्रशासन तथा विधेयक समिति गठन गरेको छ ।

सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सदस्य रहेका छन् ।

सामाजिक विकासमन्त्री दल रावलको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ । कानुनमन्त्री भण्डारी र पूर्वाधारमन्त्री खत्री सदस्य रहेका छन् ।

विश्वका सबैभन्दा उच्च स्थानमा रहेकाे मावन बस्ती धाे, डाेल्लपा


Facebook Comment


No ads found for this position