कपिलले सुनिल ग्रोभरलाई जुत्ताले हानेका थिए : प्रत्यक्षदर्शी

अष्ट्रेलियाबाट मुम्बई फर्किने बेलामा कमेडियन कपिल शर्माले आफ्ना सहकर्मी सुनिल ग्रोभरलाई जुत्ताको हानेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।जहाजमा सवार प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै टाईम्स अफ ईन्डियाले लेखेको छ–‘कपिल शर्मा र सुनिल ग्रोभरबीचको बिवादसम्बन्धी नयाँ तथ्यले सबैलाई आश्चर्यचकित बनाएको छ किनकी कसैले पनि उनीहरुका प्रिय कमेडियन शर्माले यस्तो गर्छन भन्ने अनुमान समेत गरेका थिएनन् ।’

सुरुवाती रिपोर्टहरुमा शर्माले ग्रोभरलाई अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेको तथ्य बाहिर आएको थियो । तर, प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बाहिरिएको समाचारमा भने शर्माले ग्रोभरमाथि जुत्ता फालेको बताइएको छ ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै टाईम्स अफ ईन्डियाले लेखेको छ–कपिलले एक बोत्तल रक्सी पिएका थिए र आफूले खाना नखादै आफ्ना सहकर्मीहरुले खाना खाएको देखेर रिसाएका थिए । लगत्तै उनले सबैलाई दुव्र्यहार गर्न थाले । ग्रोभरले उनलाई अपशब्द नबोल्न आग्रह गर्दा उनले जुत्ताले प्रहार गरेका थिए ।

लगत्तै उनले आफ्ना टिमका महिला सहकर्मीलाई समेत पञ्जाबी भाषामा गाली दिएका थिए । उनले आफ्नो टिममा आफू मात्रै पुरुष भएको र बाँकीले पैसा कमाउनको लागि महिलाको भेष धारणा गरेको भनी टिप्पणी गरेका थिए । उनको यो टिप्पणी ग्रोभर र अलीमाथि लक्षित थियो ।

कपिलले अन्य सदस्यहरुलाई दुर्व्यवहार गरेपछि चालक दलका सदस्यले आएर रोक्नु परेको थियो तै पनि उनले गालीगलौज जारी राखेको प्रत्यक्षदर्शीले बताएका छन् ।


Facebook Comment


No ads found for this position