कछुवाको मासुमा रुचि देखाएपछि

४ साउन, काठमाडौं । गत असार २ गते प्रहरीले काठमाडौंको रनीबनबाट १ सय ९ वटा कछुवा नियन्त्रणमा लियो । अघिल्लो महिना जेठ १९ गते काँडाघारीस्थित खहरे चोकको सडक किनार आसपासमा ३३ वटा कछुवा फेला परेका थिए ।

kachuyaदुवै स्थानमा कुखुराका चल्ला प्याक गरेझै कार्टुनभित्र प्लास्टिकका ट्रोमा राखिएको ‘जियोक्लेमिस हेमिल्टोनी’ वैज्ञानिक नामका कछुवा फेला परेका थिए ।

पहिलो घटनामा संलग्न भारतीय नागरिक मोहम्मद उस्मान रानीबारीबाट पक्राउ परे भने काँडाभारीमा बेवारिसे अवस्थामा सडक किनारामा कछुवा हिँड्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । दुई फरक मितिमा फेला परेका कछुवाको यो संख्या र घटना मात्रै काठमाडौं उपत्यकाका लागि नयाँ घटना हुन सक्दैन । उपत्यकाका सम्भ्रान्त परिवार, रेस्टुरेन्ट व्यवसायी, चिनियाँ र तिव्वती मूलका नागरिकहरुले कछुवाको मासुमा रुचि देखाएपछि यस्ता घटना दोहोरिने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले जनाएको छ ।

व्युरोका प्रहरी नायब उपरीक्ष प्रवीण पोखरेलले भने, ‘पछिल्ला वर्षहरुमा कछुवाको मासु काठमाडौंमा खपत हुँदै आइरहेको यथार्थ हो, नेपालमा भन्दा चीनमा यसको माग अझ उच्च छ , काठमाडौंलाई ट्रान्जित प्वाइन्ट बनाएर कछुवा चीन र भियतनामतर्फ निर्यात हुँदै आएको पाइएको छ ।’ कछुवाको मासुका उपभोक्ताहरुको वास्तविकता पहिचान गर्न व्युरोले उपत्यकामा बिशेष टोली परिचालन गरेको उनले बताए ।


Facebook Comment


No ads found for this position