ओली सरकार बिरुद्ध लागेको छैनः भारत

३१ असार, काठमाडौं । भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भन्दै कुनै टिप्पणी नगर्ने बताएको छ ।बिहीबार नयाँ दिल्लीको शास्त्री भवनमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले दुईजना पत्रकारको बेग्लाबेग्लै प्रश्नमा यो जवाफ दिएका हुन् ।

पहिलो प्रश्नको जवाफमा उनले भने, हामी विश्वास गछें कि यी नेपालका आन्तरिक राजनीतिक विकासक्रम हुन् । आन्तरिक विषयमा हामीले कसरी टिप्पणी गर्ने ?अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रधानमन्त्री केपी ओलीले बिहीबार नै भारतका कारण सरकार परिवर्तन हुन लागेको भन्दै अर्का पत्रकारले प्रपक्ता स्वरुपसँग भारतको प्रतिक्रिया मागेका थिए ।स्वरुपले जवाफमा भने, ‘ मैले उहाँको अभिव्यक्ति हेरेको छैन, । यदि त्यस्तो हो भने हामी यसलाई अस्विकार गछौं’ ।


Facebook Comment


No ads found for this position