एसियाडमा एकमात्र रजत पदक विजेताका प्रशिक्षक भट्टराई भन्छन्र : राज्यले अबत ध्यान देला कि ?

एसियाडमा रजत पदक विजेता एकमात्र प्याराग्लाइडिङ टोलीलाई सरकारले पदक दिने घोषणा गरेको छ। २० वर्षपछि नेपालका लागि रजत पदक विजेता टोलीको अहिले चर्चा परिचर्चा भइरहेको छ। नेपालमा पर्यटकीय प्रडक्टको रुपमा मात्र हेरिएको यो खेलले पदक जितेपछि चर्चा झनै बढेको छ।
हामीले उक्त टिममा प्रशिक्षक योगेश भट्टराईसँग गरेको छोटो कुराकानीः

पदक जित्नु अघि र पछिको अनुभव कस्तो रह्यो ?
पदक अघि पदक ल्याउन सकिन्छ कि सकिदैन भन्ने चिन्ता थियो। जित्न सहज थिएन। विभिन्न देशका ख्याति प्राप्त पाइलटसँगको प्रतिस्पर्धाबाष्ट हामीले रजत पदक ल्यायौं। २० औ वर्षपछि हामीले पदक ल्याउँदा खुसी लाग्यो। हाममिले ल्याएरमात्र खुसी हुनभन्दा सबै नेपालीको गौरवको विषय पनि हो यो।

प्रतिस्पर्धी हुनलाई कस्तो वातावरण हुनपर्छ ?
सुरुमा प्याराग्लाइडिङलाई खेलको रुपमा लिइन्थेन। हामीले आफ्नै प्रयासबाट प्रतियोगिता गरेका थियौ। राज्यले यसमा कुनै ध्यान दिएको थिएन। पछिल्लो समय एसियन गेममा प्याराग्लाइडिङ पनि परेपछि राज्यको चासो बढ्यो। राज्यले हामीलाई प्रशिक्षणमा सुविधा दिने, इक्वूपमेन्ट उच्चस्तरीय दिने व्यवस्था गरेपछि राम्रो हुने थियो।

प्रशिक्षण पोखरामै हो कि विदेशमा ?
अहिले पोखरामै हुन्छ। यहाँ धेरै गतिविधि भएकोले यहाँ सजिलो पनि छ। तर साधारणतया धरान, सुर्खेत दाङ मा पनि भइरहेको हुन्छ। यहाँ भन्दा पनि विदेशमा हामीले प्रतिस्पर्धा गर्नुपर्ने भएकोले त्यहाँको वातावरणमा प्रतिस्पर्धा गर्न पाउँदा राम्रो हुनेथियो।

प्याराग्लाइडिङको पाइलट हुनलाई तालिम लिने कहाँ हो ?
नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणले दुईवटा स्कुललाई अनुमति दिएको छ। त्यस्तो स्कुलमा १५ दिनको कोर्स हुन्छ। त्यसपछि पछिल्लो समयको सिप संघ र उडाइरहेका कम्पनीमा गर्न सकिन्छ। खेलाडी हुनलाई त धेरै पेसागत सिपको विकास गर्नु पर्छ।

पैसा कति चाहिन्छ ?
स्कुलले कति लिन्छन् त्यो त थाहा छैन। तर सामन्यतया एक लाखदेखि एक लाख पचास हजार रुपैयाँसम्म लाग्छ।


Facebook Comment


No ads found for this position