एसियाको उत्कृष्ट गन्तब्य सूचीमा दिल्ली भन्दा काठमाडौं अगाडि, काे काे परे सुचिसहित

चैत काठमाडौं । ट्राभल वेबसाइट ट्रिप एडभाइजरले हालैमात्र पर्यटकका लागि एसियाका २५ उत्कृष्ट गन्तव्य सार्वजनिक गरेको छ, जसमा काठमाडौं छैठौं स्थानमा परेको छ ।

एसियाको उत्कृष्ट गन्तब्यहरुको सूचीको अग्रस्थानमा भने इन्डोनेसियाको बाली परेको छ । काठमाडौं भन्दा अघि बालीसँगै थाइल्याण्डको फुकेट, भियतनामको हानोइ, क्याम्बोडियाको सियाम रियप, जापानको टोकियो शहर परेका छन् ।अहिले यही वेबसाइटका आधारमा कैयनले भ्रमणको गन्तब्य छान्ने गरेका छन् । एसियाको आकर्षक गन्तब्यहरुको सूचीमा नेपाल छैठौ स्थानमा परेसँगै केही पर्यटकको संख्या बढ्छ कि भनेर आशा गर्न सकिन्छ ।ट्रिप एडभाइजरलाई बहुसंख्यक पर्यटकहरुले गन्तब्य तथा होटल र रेष्टुरेन्ट छनौटका लागि मार्गदर्शक मान्ने गरेका छन् । त्यसैले यो सूचीलाई पर्यटन उद्योगमा महत्व दिएर हेर्ने गरिन्छ । अहिले यो अनलाइनका ३१ करोड ५० लाख सदस्य छन् ।यो वेबसाइटले प्रकाशन गरेको रिभ्यूका आधारमा कैयन पर्यटकहरुले आफ्नो गन्तव्य छनौट गर्ने गर्छन् । यस्तो सूचीमा भारतको दिल्ली भने काठमाडौं भन्दा तल रहेको छ ।हङकङ पनि सातौं स्थानमा परेको छ । भारतको दिल्ली शहर ८ नम्बरमा परेको छ भने गोवा ९ नम्बरमा रहेको छ । १० नम्बरमा सुरत थानी प्रोभिन्सको को सामुई १० नम्बरमा परेको छ ।

प्रमुख २५ गन्तब्यहरुको सूची

१. बाली, इन्डोनेसिया
२. फुकेट, थाइल्याण्ड
३. हानोई भियतनाम
४. सियाम रियप
५. टोकियो, जापान
६. काठमाडौं, नेपाल
७. हङकङ, चीन
८. नयाँ दिल्ली भारत
९. गोवा भारत
१०. को सामुई सुरत थानी प्रोभिन्स
११. होइ एन भियतनाम
१२. बैंकक थाइल्याण्ड
१३. चियाङ मइ थाइल्याण्ड
१४. लोम्बोक, वेस्ट नुसा टेंगारा
१५. क्राबी टाउन थाइल्याण्ड
१६. जयपुर, भारत
१७. बेजिङ, चीन
१८. होचि मिन, भियतनाम
१९. सिंगापुर
२०. प्याने आइल्याण्ड, भिजाएस
२१. क्योटो जापान
२२. ताइपेइ, ताइवान
२३. सिओल, दक्षिण कोरिया
२४. ड नाङ भियतनाम
२५ . सांघाई चीन


Facebook Comment


No ads found for this position