एसिएन कल्चरल काउन्सिल बैठकमा पर्यटन राज्यमन्त्री बुढा

कम्बोडियका प्रधानमन्त्री हुसेन सग पर्यटन राज्यमन्त्री धन बहादुर बुढा

 

 

२ माघ, काठमाडौं । कम्बोडियाको सियाम रिप शहरमा अन्तरार्ष्िट्रय कन्फरेन्स फर एसाइन पोलिटिकल पार्टीज अन्तर्गतको संस्था एसिएन कल्चरल काउन्सिलको प्रथम बैठक सम्पन्न भएको छ । बैठकमा नेपालको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले को नेत्तृवमा एक टोलीले भाग लिएको छ । सो कार्यक्रममा नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट शुभकामना सन्देश राज्य मन्त्री बुढाले सुनाए ।
उक्त बैठकले सियाम रिप घोषणा पत्र जारी गर्दै एसिया क्षेत्रका देशहरूले संस्कृति पहिचान कायम गर्दै सांस्कृतिक एकता कायम गर्न जोड दिए ।
उक्त कार्यक्रममा नेपालका राजनीतिक दलको प्रतिनिधित्व गर्दै पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र पूर्वमन्त्री सुनिलबहादुर थापा सहभागी थिए । कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री होनसेन पनि सहभागी थिए ।


Facebook Comment


No ads found for this position