एउटालाई पठाएको पैसा अर्कैले झिकेर बेपत्ता भएपछि

४ साउन, काठमाडौं । आफन्तलाई पठाएको रकम अर्कैले झिकेर बेपत्ता बनाएका छन् । खोटाङको बड्कादियाले–१ का नरेश राईले काकालाई पठाउको रकम अर्कैले बेपत्ता बनाए पनि समस्यामा परेका छन् ।

moneyगत जेठ–१२ गते हाम्रो खोटाङ कम्पनी दिक्तेलबाट आईएमई गरेर काठ्माण्डौं एकान्तकुना बस्ने काका नकुल राईलाई पठाएको १ लाख ५० हजार रुपैयाँ रकम अर्कैले झिकेर बेपत्ता भएपछि राई अप्ठ्यारोमा परेका हुन् ।

आईएमईबाट रकम पठाउनेक्रममा नकुलको मोबाईल नम्बरको अन्तिम नम्बर फरक परेका कारण सो रकम फापरबारी–७ मकवानपुरका सरोज तिमल्सेनाले झिकेर बेपत्ता बनाएको पीडित राईले बताए । नरेशले आईएमई गरेको रकमका बिषयमा दिइएको जानकारी भुलवस तिमल्सेनाको मोबाईलमा फोन गएपछि तिमल्सेनाले कागजात मिलाएर रकम झिकेको पिडितको भनाई छ । ‘मेरो नाम उल्लेख हुनुपर्नेमा नकुल राईको नाम उल्लेख भएको’ भन्दै तिमल्सेनाले दाबी गरेपछि हाम्रो खोटाङ कम्पनीकै अनुमतीमा रकम दिइएको काठमाण्डौंस्थित नमस्ते रेमिटले जवाफ दिएको राईले बताए ।

आफन्तलाई पठाएको रकम बेपत्ता भएपछि पीडितले खोजीकालागि जिल्ला प्रशासन कार्यालय, प्रहरी, स्थानीय शान्ति समिति र उद्योग बाणिज्य संघमा उजुरी दिएका छन् ।


Facebook Comment


No ads found for this position