उदयपुर पर्यटकीय लगायत सबैखाले सम्भावना बोकेको ठाउँ ”पुष्पकमल दाहाल”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले स्थानीय तहको निर्बाचनपछि संघीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो गाउँ, नगर, टोलटोलमा पुग्ने र पुगिसकेको उज्यालो परिवर्तनलाई कुनै पनि प्रतिक्रियाबादी र प्रतिक्रान्ति शक्तिले बदल्न नसक्ने बताएका छन ।

उदयपुरको चार नगरपालिकामा एकै दिन आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्द उत्तकुरा बताएका हुन ।यो निर्बाचन सबै परिवर्तनबादीका निम्ति परिवर्तनलाई संस्थागत गर्ने अवसर भएकोले कसैको प्रलोभन, डर धम्कीमा नपरी, संघीय लोकतन्त्रीक गणतन्त्र ल्याउने पार्टी माओवादीलाई, जिताउन आग्रह समेत गरेका छन् । ।अहिलेको निर्बाचन विगतको जस्तो नभै, न्यायपालिका, कार्यपालिका र ब्यवस्थापीका सहितको जनताको अधिकार केन्द्रित, सिंहदारबारको अधिकार जनताको घरदैलोमै ल्याउने स्थानीय सरकारको निर्बाचन भएको बताए ।स्थानीय तहको निर्बाचनलाई जनतालाई बचाउने बालीको संज्ञा दिदै उहाले नेपाली जनता र माओवादीको निकै ठूलो मेहनतले संघीय लोकतान्त्रिक गणतन्त्रको बाली फलेको समेत बताए । पूर्व प्रधानमन्त्री समेत रहेका दाहाले पहिलो चरणको स्थानीय तहको निर्बाचन भईसकेको, दोस्रो निकट रहेको र तेस्रो तहको २ नम्बर प्रदेशको निर्बाचन पनि तोकेकै समयमा हुने समेत बताए ।भाषणका क्रमा उनले उदयपुरको आर्थिक समृद्धि र विकास गर्न पार्टी र सरकारको तहबाट प्रतिबद्धता समेत जनाएका छन् । उदयपुर पर्यटकीय लगायत सबैखाले सम्भावना बोकेको ठाउँ रहेकोले चारवटा नगरपालिकासहित अन्य चारवटा गाउँपालिकासमेतलाई समृद्ध बनाउने कार्यक्रमहरु ल्याइने उनले बताए ।।


Facebook Comment


No ads found for this position