इन्द्रजात्रामय काठमान्डौं

भाद्र २०, २०७४,उपत्यकाका तीनवटै जिल्ला मंगलबार इन्द्रजात्रामय बनेका छन् ।

काठमाडौंमा जीवित देवीदेवताका रूपमा कुमारी, गणेश र भैरवलाई हर्षोल्लासका साथ रथयात्रा गराइयो । ललितपुर र भक्तपुरमा टोलरटोलमा भैरवको मूर्ति स्थापना गरि ‘कस्थो’  कालो जाँड  र समयबजी वितरण गरी मनाइयो । हनुमान ढोका दरबार क्षेत्रमा रथयात्राका लागि शाक्य जातकी एक महिला, गणेश र भैरवको भेषमा दुई पुरुषलाई बेग्लाबेग्लै रथमा रथारोहण गराइयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विदेशी कुटनीतिक नियोगका उच्च अधिकारीहरूले मंगलबार वसन्तपुरमा इन्द्रजात्राको अवलोकन गरेका थिए ।

उनीहरूलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले जीवित देवीदेवताको दर्शन गरी प्रसादसमेत ग्रहण गरेका थिए ।

नारायण हिटी दरबारको इन्द्रध्वज गणको सम्मानगारत टोलीले समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीसहितका अतिथिलाई सलामी र सम्मान अर्पण गरेको थियो ।

 


Facebook Comment


No ads found for this position