अस्ट्रेलियाको बिद्यार्थी भिसा शुल्कमा बृद्धि

अष्ट्रेलिया सरकारले केही समय अघि विद्यार्थी भिसाको लागि नयाँ नियम ल्याएको छ ।

नयाँ नियम लागू भएसँगै विद्यार्थी भिसा शुल्कमा समेत वृद्धि गरेको छ । तर यो नियम कसलाई लागू हुने भन्नेबारेमा भने अझै धेरै विद्यार्थीहरुमा अन्यौल रहेको पाइन्छ ।

अस्ट्रेलियाको बिद्यार्थी भिसा शुल्कमा बृद्धि
अस्ट्रेलियाको बिद्यार्थी भिसा शुल्कमा बृद्धि

अर्थात बढेको शुल्क अब नयाँ विद्यार्थीहरुका लागि लागू हुने हो कि अहिले विद्यार्थी भिसा लिइरहेका सबै विद्यार्थीले बढेको शुल्क तिर्नुपर्ने हो भन्ने थाहा पाउन नसक्दा धेरै विद्यार्थीहरु अलमलमा परेका हुन् । झन् त्यसमाथि इमिग्रेशनको कार्यालयबाट बोलेको भन्दै फोन गरि बढेको शुल्क तिर्नुपर्ने जानकारी आउन थालेपछि अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरु अन्यौलमा परेका छन् । त्यसरी फोन गर्नेहरुले ७०० डलर शुल्क तिर्नुपर्ने जानकारी दिने गरेको पीडितहरु बताउँछन् ।

तर इमिग्रेशन कानूनका जानकारहरुका अनुसार अष्ट्रेलिया सरकारले लागू गरेको नयाँ नियमले विद्यार्थी भिसाको शुल्क बढाएको साँचो भए पनि यो पहिले नै अष्ट्रेलिया आएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई भने लागू नहुने प्रष्ट पारेको छ ।

त्यसैले बढेको शुल्क तिर्न भन्दै आउने कलहरु ठगी गर्ने नियतले आएको हुनसक्ने भन्दै सचेत रहन अपिल गरेका छन् । त्यस्तो कुनै कल आए १८००००९६२३ मा सम्पर्क गरेर आफू र अरुलाई पनि ठगिनबाट जोगाउन विज्ञहरुको सुझाव छ ।


Facebook Comment


No ads found for this position