“……….अनी लाग्यो, विश्वकै भाग्यमानी मानीस मै हु” (फाेटाे/भिडियाे)

गगनराज न्यौपाने
यसो माथी हेर्यो ९० डिग्रीको हिउँको पहाड । गन्तब्यको करीब ८० प्रतिशत यात्रा तय गरीसकेको थिए । अव चाँही अगाडी जान सकिन्न जस्तो लाग्यो, पथप्रर्दशक भने तपाई आट गर्नुहोस म जसरी पनी लान्छु । यती भनेपछी मनमा आट आयो र अगाढी बढे ।
जेन तेन ९० डिगीको उकाले काटे । अनी अब त पुगियो कि भनेर पथप्रर्दशकलाई सोध, उस्ले परको चुचुरो देखाउदै भने अब उ त्यँही चुच्चो हो, अब केही छिन मै पुगिन्छ ।
सगरमाथा आधारशिवीर त धेरै पटक यात्रा तय गरिसकेको थिए, तर पहिलो पटक हिमाल नै आरोहणको प्रयास गरेको । त्यो पनी कुनै तालीम तथा अनुभव विना ।
बर्षेनी सयौ आरोहीहरु सगरमाथा आरोहण गरेको समचार सुन्दा लाग्दथियो सजीलै आरोहण गर्न सकिन्छ भनेर । तर मैले सोचे जस्तो रहेनछ । यो अनुभव मैले आईसल्याण्ड पिक आरोहण गर्दा अनुभव बटुले ।

१६ बर्षका अष्ट्रेलियाका एडिन मोलोनी आरोहणका लागी तयार थिए भने म किन सक्दीन जस्तो लाग्यो । अनी आरोहणको लागी तयार भए । यदी सकिन भने केही उपाए गरेर उनीहरुलाई आरोहणका पठाउने र आफु त्यही उनिहरुलाई पर्खने योजना बनाएको थिए ।
तर जती माथी पुग्दै गए त्यती नै रमाईलो लाग्दै गयो र यात्रा तय गरे । जब पाचँवडा भर्याड जोडेर बनाएको १०० मिटर जती लामो आईसफल्स क्रस देखे अनि सातो गए जस्तो भयो । म भन्दा अगाढी एडिन मोलोनी हिडेर गए । अनी मलाई चाँही हिडेर जान सहिएला जस्तो लागने ।
मैले भने मत सक्दिन, अनी पथपर्दशकले भने तपाई कसरी सजीलो हुन्छ ,हिडेर की घिस्रेर । मैले भने म घिस्रेर आउदा सजिलो होला । अनि म घिस्रेर भर्याड पार गरे । त्यो भर्याड पार गर्दा मलाई एक बर्ष हिडे जस्तो लाग्यो ।
यात्रा तय गर्दै जब आईसल्याण्ड पिकको चुचुरोमा पुगे अनी लाग्यो म यो विश्वकै भाग्यमानी मानीस । यसो तल हेर्रे आफु माथि बादल तल । सायद स्वर्ग भनेकै यही होला । चुचुरोमा पुगेपछी मैले यहाँ सम्म आउदा पाएका दुखहरु सबै विर्से र सोचे अव म अर्कोपटक विश्वप्रख्यात आमादब्लमा हिमाल आरोहण गर्नेछु त्यसपछी विश्वको सर्वोच्चशिखर सगरमाथा आरोहण ।


Facebook Comment


No ads found for this position